महानगरका कर्मचारीको सहकारीमा ४३५ शेयर सदस्य २ करोड ९७ लाख ७० हजार बचत

काठमाडौं । महानगर कर्मचारी वचत तथा सहकारी सस्था लिमिटेडले आ. व. २०७४/०७५ को असार मसान्तसम्ममा २ करोड ९७ लाख ७० हजार रकम संकलन गरेको छ । गएको बर्ष अर्थात् २०७३/०७४ को अन्त्यसम्ममा २ करोड ३९ लाख १७ हजार ८१३ रुपैयाँ संकलन गरेको थियो । १ करोड १६ लाख ३१ हजार कर्जा असुली गरेको सहकारीले ३ करोड ६९ लाख २४ हजार रुपैयाँ लगानी गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभा कक्षमा सम्पन्न सहकारीको दशौं बार्षिक साधारण सभामा अध्यक्ष यादव घिमिरेले प्रस्तुत गर्नुभएको प्रतिवेदनले यो अङ्क देखाएको हो ।

साधारण सभामा बोल्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले, सेवापछिको जीवनलाई व्यवस्थित गर्न अहिलेको बचतले सहयोग पुग्ने विश्वाश व्यक्त गर्नुभयो । सहरकारीमा आवद्ध जोकोहीले पनि धेरै थोरै रकम बचत गर्न सक्छन् । यसबाट ग्रामीण क्षेत्रका मानिसले त लाभ लिएका छन्, महानगरका कर्मचारी लाभान्वित नहुने कुरै हुँदैन, कोइसालाको भनाइ थियो ।

सभामा सचिव उत्तम दाहालले प्रस्तुत गर्नुभएको कार्यसमितिको प्रतिवेदनसहित लेखा समिति र स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो । त्यस्तै महानगरको सेवाबाट निवृत्त भएर सहकारीबाट बाहिरिने ५ जना शेयर सदस्यलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुने कर्मचारीमा दूर्गादेवी श्रेष्ठ, गणेश पौडेल, हेम खड्का, बल्लभमणि गौत्तम र हेमप्रसाद पौडेल हुनुहुन्छ ।

२०६५ सालमा ४५ जना कर्मचारीहरुबाट सुरु गरिएको सहरकारीले शेयर सदस्य कर्मचारीको तलवबाट मासिक २ हजार रुपैयाँका दरले काटेर खातामा जम्मा गर्ने गरेको छ । यो रकम शुरुवात्मा ५ सय रुपैयाँ थियो । त्यसपछि १ हजार रुपैयाँ र २०७४ साल पुष महिनादेखि २ हजार रुपैयाँ काटेर जम्मा गर्न थालिएको हो । सहकारीले शेयर सदस्यहरुलाई ऋणबाहेक औषधि उपचार, परिवहन, सञ्चार, किरिया खर्चलगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।

संस्थामा सञ्चालक समितिसहित लेखा, कोष परिचालन सुझाव र सल्लाहकार गरी ४ वटा समिति छन् भने ऋण, शिक्षा र पदपूर्ति गरी ३ वटा उपसमिति छन् ।

सम्बन्धित समाचार

Facebook Comments