मासिक समीक्षा बैठक सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मासिक समीक्षा बैठक सुरु भएको छ । महानगरका प्रमुख, उपप्रमुख उपस्थित रहनुभएको र्बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले वार्षिक कार्ययोजनाअनुरुप कार्तिक महिनासम्ममा प्राप्त भएका उपलब्धीहरुका विषयमा प्रस्तुतिकरण गरिरहनुभएको छ । 

महानगरले चालु आर्थिक बर्षका लागि करिब २२ अर्व रुपैयाँ बराबरका १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ । स्वीकृत योजनालाई विभागहरुले आफूसँग सम्बन्धित कार्यक्रमहरुको कार्ययोजना बनाएर कार्यान्वयनका लागि प्रमुख प्रशासकीय अधिकृतसँग कार्य सम्पादन सम्झौता भएको छ । 

समीक्षामा कार्ययोजनाअनुरुप हुनु पर्ने कार्यक्रम कार्यान्वयन हुन नसकेको भए विभागीय प्रमुखहरुले जवाफ दिनुपर्नेछ । बैठकमा थालनी हुन नसकेका योजनाको कारण, अव गर्नुपर्ने कामलगायत विषयमा छलफल हुनेछ ।  

 

 

 

सम्बन्धित समाचार

Facebook Comments