महानगरका बालबालिकालाई कोविड विरुद्धको फाइजर खोप 

असार ९ | काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र भएका ५ देखि १२ बर्ष उमेर समूहका बालबालिकाका लागि आजबाट कोविडविरुद्धको फाइजर खोप सुरु गरेको छ । 


स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार जुन विद्यालयमा २ सय जना विद्यार्थी छन् । ती विद्यालयमा खोप केन्द्र राखिएको छ । जुन विद्यालयमा २ जनाभन्दा कम विद्यार्थी छन् । ती विद्यालयलाई मिसाएर केन्द्र बनाइएको छ । असार १६ गतेसम्म सञ्चालन हुने खोप कामर्यक्रममा करीव १ लाख ११ हजार बढी बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । 


आफ्नो विद्यालयमा खोप लगाउन छुटेमा अर्को दिन नजिकको केन्द्रमा खोप लगाउन सकिने व्यवस्था गरिएको महानगरको स्वास्थ्य विभागले जनाएको छ । 

सम्बन्धित समाचार

Facebook Comments