जार र बोतलको पानी शुद्ध छ? ११८० मा नागरिकको प्रश्न

काठमाडौँ । बजारमा पाइने जार र बोतलमा प्याकिङ् गरिएको पानीको शुद्धता के हो? महानगरको हटलाइन ११८० मा नागरिकले प्रश्न सोध्नुभएको छ । शुद्धताका लागि मूल्य तिरेर किनेको पानी शुद्ध भएन भने किनेर पानी किन खानु? शंखमुलबाट फोन गर्ने व्यक्तिले प्रश्न थियो । यो प्रश्नको उत्तरमा महानगरका स्वास्थ्यकर्मीको जवाफ थियो, ‘पानी जहाँको होस, उमालेर मात्र प्रयोग गर्नुहोस् ।’

हटलाइनमा बेलुका ६ बजेदेखि फोन आउन थालेको हो । फोनमा जिज्ञासुहरुले काठमाडौँका कुन — कुन ठाउँमा हैजा फैलिएको छ? ब्लिचिङ् पाउडर के हो? कसरी प्रयोग गर्ने, यो पाउडर वितरण भएको छ कि छैन? पानी जाँच कहाँ गर्ने? हैजाका लक्षण के हुन्? प्राथमिक उपचार के गर्ने?, घरमै केही औषधि छ कि जस्ता जस्ता प्रश्न गर्नुभएको थियो । त्यसैगरी पानी कसरी शुद्ध गर्ने?, शुद्ध गर्ने औषधिले स्वास्थ्यमा नकारात्मक असर गर्छ कि गर्दैन? जस्ता जानकारी माग्नुभएको थियो । 

महानगरले कल सेन्टरमा स्वास्थ्य सम्बन्धी सूचना दिन २४ घण्टा टोल फ्रि नंम्बर ११८० सञ्चालन गरेको छ । 

महानगरमा हैजा रोकथाम गर्न सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । पानीको स्वच्छता र वातावरणीय सरसफाइसँगै सेचतनामुलक र उपचारका कार्यक्रम गरिरहेको छ । यसका लागि हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयमसेविका र वास स्वयमसेवक परिचालन गर्ने तथा सरोकारवालासँग सहकार्य गर्ने निर्णय भएको छ । 

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिनेछ । यसका लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई अनुरोध गरेको छ । यस्तै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न र सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ । 
   

 

सम्बन्धित समाचार

Facebook Comments