वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
सामुदायिक विद्यालयमा फोहरलाई स्रोतमा घटाउने र परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा फोहरलाई स्रोतमा घटाउने, उत्पादित फोहरलाई विद्यालयकै परिसरमा व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । कामको थालनी गर्दै आजदेखि समूहगत अभिमुखीकरण थालेको छ । विद्यालयको, वातावरण र बालबालिका (वावा) कार्यक्रमका फोकल शिक्षक, वातावरण वा विज्ञान विषय शिक्षकमध्ये एकजना, वावा समूहका विद्यार्थी क्याप्टेन र सरसफाइ कर्मचारीलाई अभिमुखीकरणमा बोलाइएको छ ।
विद्यालयको सफाइसँग सम्बन्ध राख्ने पदाधिकारी तथा व्यक्तिका बिचमा समान धारणा बनाउन शिक्षक, कर्मचारी र विद्यार्थीलाई एउटै समूहमा राखिएको हो । अभिमुखीकरणपछि हरेक विद्यालयलाई एउटा कम्पोष्टिङ् प्रणाली प्रदान गरिनेछ ।
एक समूहमा २२ वटा विद्यालयबाट ६६ जना रहनुहुनेछ । एक समूहका लागि एक दिन कार्यक्रम हुनेछ । कक्षामा फोहरमैलाको प्रकृति र वर्गीकरण, वातावरण प्रदुषण र विपद व्यवस्थापनको सैद्धान्तिक कक्षा हुनेछ । कम्पोष्टिङ्को भने प्रयोगात्मक एवं प्रदर्शनमा आधारित कक्षा हुनेछ ।
विद्यालय परिसरमा धेरै फोहर उत्पादन हुने ठाउँ, फोहरका स्रोत, स्रोतमा फोहर घटाउने आचरण, फोहर वर्गीकरण, जैविक र अजैविक फोहर वर्गीकरणको सिद्धान्तका बारेमा बुझाउनु अभिमुखीकरण कार्यक्रमको उद्देश्य हो । वातावरण समितिका संयोजक बालकृष्ण महर्जन भन्नुहुन्छ, ‘विद्यालयमा थालिएको कार्यक्रम समाजमा विस्तार हुन्छ । यसले बालबालिकालाई त सफाइ आचरण सिकाउँछ नै, यससँगै अभिभावकहरुमा पनि सन्देश प्रवाह हुन्छ । बालबालिकाका कारण अभिभावक पनि काम गर्न बाध्य हुने वातावरण बन्छ ।’
विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ४ कार्य दिनभित्रमा अभिमुखीकरणसँगै जैविक फोहर व्यवस्थापन गर्ने प्रणाली पनि प्रदान गरिनेछ । अभिमुखीकरण सहभागीले विद्यालयमा फोहर व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउनु पर्छ ।
महानगरपालिकाले उपलब्ध गराउन लागेको विधि कम्पोष्टि विधि हो । विद्यालयमा उत्पादन हुने जैविक फोहरलाई कम्पोष्ट मल बनाउन मिल्छ । अजैविक फोहर विक्री गर्न सकिन्छ । यति मात्र गर्न सकियो भने कुनै पनि विद्यालयबाट फोहोर बाहिर निकाल्नु पर्दैन ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App