महानगरबासीलाई ताजा तरकारी, अन्न र फलफुल उपलब्धता गराउन काठमाडौँ महानगरपालिकाले स्थानीय तथा रैथाने उत्पादनको प्रवर्धन र बजारीकरणका लागि काम गरिरहेको सुशासन समितिका संयोजक एवं वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले बताउनुभएको छ । शनिवारदेखि गोङ्गवु आवास क्षेत्रमा सुरु भएको कृषि मेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वडाको सहयोगमा रैथाने एग्रो प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको आयोजना मेला आयोजना गरिएको हो ।