वि.सं.: २०८३, भदौ ४ बिहीबार
इ.स.: 2026 August 20,THRUSDAY
वि.सं.: २०८३, भदौ ४ बिहीबार
आन्तरिक स्रोतबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय
काठमाडौँ । चमतीः नयाँ बजारलगायत जग्गा विकास आयोजना क्षेत्रका उपभोक्ताहरुले आफूलाई मर्का परेको गुनासो गरेपछि अध्ययन गर्न समिति गठन हुने भएको छ । काठमाडौँ महानगरपालिकाको ५६ औँ कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरु मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले नापी कार्यालयबाट फरक फरक समयमा कायम गरिएको नदीको मापदण्ड, सडकको फरक फरक मापदण्डका कारण उपभोक्तालाई समस्या परेको विषय उठान गरेपछि वैठकका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, महानगरपालिकाले सञ्चालन गरेका सबै जग्गा विकास आयोजना समेट्ने गरी सुशासन समिति, भवन व्यवस्था समिति, विधायन समिति, सुशासन समिति, प्रशासन विभाग, कानुन तथा मानव अधिकार विभाग र सहरी व्यवस्थापन विभागको संयुक्त अध्ययन समिति गठन गरिने बताउनुभयो ।
‘स्थानीयको मर्का मैले पनि सुनेकी छु । उहाँहरुले प्रदेशको मापदण्डलगायत अन्य विभिन्न मापदण्डका कारण आफू पीडित भएको गुनासो गर्नुभएको छ । यसको कानुनी समाधानका लागि अध्ययन समितिले भदौभित्र प्रतिवेदन दिनेछ ।’ वैठकका अध्यक्ष डंगोलले बताउनुभयो ।
वैठकमा प्रशासन विभाग अन्तर्गतका प्रस्तावहरु सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन विभाग अन्तर्गतका प्रस्तावहरु सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले र शिक्षा विभाग अन्तर्गतका प्रस्तावहरु शिक्षा तथा स्वास्थ्य समितिका सदस्य सचिव नमराज ढकालले पेश गर्नुभएको थियो ।
वैठकमा वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले महानगरपालिकाले लगानी गरेर बनाएका पार्क तथा खेलकुद मैदान सञ्चालन व्यवस्थापनको कार्यविधि आवश्यक रहेको र कार्यपालिका सदस्य महेश नेपालीले भवन अभिलेखनका आवासको हकसँग जोडिएको विषयका रुपमा उठाएपछि अध्यक्ष डंगोलले, यी दुवै विषयमा अध्ययन र मस्यौदा तयार भइरहेकोले आगामी बैठकमा पेश गरिने जानकारी गराउनुभयो ।
वैठकले, महानगरपालिकाको आन्तरिक स्रोतबाट नियुक्त भएका तथा नियुक्त हुने विद्यालयका कर्मचारी र शिक्षकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरेको छ । यसमा नेपाल भाषा प्रशिक्षण सहायक १७२ जना, तामाङ भाषा प्रशिक्षण सहायक १ जना, प्राविधिक धारका शिक्षक १६ जना, प्रशिक्षक ३२ जना, सहायक प्रशिक्षक १६ जना, विद्यालय सहायक १ जना, आया ८७ जना, प्रारम्भिक बाल विकास शिक्षक १२३ जना र विद्यालय नर्स ३३ जना गरी गरी ४८१ जना हुनुहुन्छ । बैठकले सेवा तथा सामान गरी करिब १ हजार ५ सय बटाको दररेट स्वीकृत गरेको हो । यस सम्बन्धी प्रस्ताव दररेट निर्धारण समितिका संयोजक जगदीश अर्यालले पेश गर्नुभएको थियो ।
वैठक प्रत्यक्ष प्रसारणको भिडियो यहाँ हेर्नुहोस् ।
बैठकबाट नेपाल भाषा सहायक प्रशिक्षक र तामाङ् भाषा प्रशिक्षक सहायकको करार म्याद १ वर्षका लागि थप भएको छ ।
वैठकले जनकवि दुर्गालाल श्रेष्ठको असामयिक निधनमा १ मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App