यस वर्षका लागि १) सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, २) महानगरको पहिचानमा सांस्कृतिक विविधता, ३) गुणस्तरीय सहरी बसोबास, ४) आर्थिक समृद्धिका लागि नवप्रवर्तन, ५) सहरी यातायात प्रणालीको पूर्वाधार, ६) वातावरण, जलबायु र उत्थानशीलता, ७) सामाजिक समावेशीकरण र समता, ८) शिक्षा तथा सांस्कृतिक आदानप्रदान, ९) सुरक्षा, स्वास्थ्य र कल्याण र १०) तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रुपमा चयन गरिएको छ ।