महिला आर्थिक शशक्तिकरणको अभ्यास नियाल्दै अन्तर राजनीतिक दल महिला सञ्जाल

चन्द्रमणि भट्टराई
चैत्र २८

काठमाडौं । राजनीतिक आस्था फरक छ तर मुद्दा एउटै हो । महिला शशक्त हुनै पर्छ । महिला शशक्तिकरणको आधार आर्थिक व्यवस्था हो । यसलाई तपाईको सञ्चारले कसरी उठाएको छ? — बिहीबार बिहान मेट्रो एफ. एम. मा आएका महिला नेतृहरुको साझा प्रश्न थियो । स्थानीय सरकारमध्ये पनि परिपक्व महानगरका सञ्चारले महिलासँग सम्बन्धित आर्थिक शशक्तिकरणका मुद्दालाई संस्थागत रुपमा ठाउँ दिनुपर्छ, उहाँहरुको माग थियो । त्यस क्रममा उहाँहरुले कार्य स्थल र कार्य वातावरण, प्रत्यक्ष प्रसारण र रेकर्डिङ् व्यवस्थापनको अवलोनक गर्नुभएको थियो भने महानगरको सञ्चार नीति, सञ्चार व्यवहार, महानगरका कार्यक्रममा महिलाका मुद्दा र ती बिषयको सञ्चार व्यवस्थापन, सञ्चार व्यवस्थापनमा महानगरको सोचलगायत बिषयमा जिज्ञासा राख्नुभएको थियो ।

यस क्रममा ७ राजनीतिक दलका महिला संगठनका १० जना सदस्य सहभागी हुनुहुन्थ्यो । यसरी सहभागी हुनेमा नेकपाकी कल्पना पाण्डे, नेपाली कांग्रेसका भद्रा भण्डारी, गोमा आचार्य र लता घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शुशिला रम्तेल, राष्ट्रिय जनता पार्टीकी बिनिता यादव, संघीय समाजबादी फोरमकी कमला सुब्बा र रीता शर्मा यादव, सामाजिक अभियन्ता बिष्णु ओझा र नेशनल डेमोत्र्रmेटिक इन्स्टिच्युटकी बिन्दु आचार्य हुनुहुन्थ्यो । उहाँहरु राष्ट्रिय सञ्चार प्रतिष्ठान र त्यहाँबाट प्रकाशन प्रसारण हुने महिलाका मुद्दाको अध्ययनमा हुनुहुन्छ । त्यस्तै अन्य समूह स्थानीय तहले महिला बिकासका क्षेत्रमा बिनियोजन गरेको रकम र कार्यक्रममा बिषयमा बुझ्न प्रमुख र उपप्रमुखहरुसँग भेटघाट गर्दै हुनुहुन्छ ।

अन्तर राजनीतिक महिला सञ्जालले, नेपाली महिलाको आर्थिक शशक्तिकरण अभियानका सिद्धान्त निर्माण गरेको अभियानका सञ्चार संयोजक एवं लैङ्गिक बिश्लेषक आरती चटौतले जानकारी दिनुभयो । महिला शशक्तिकरणका लागि उनीहरुको अर्थ (बित्त) व्यवस्थामा भएको पहुँचले ठूलो अर्थ राख्छ, चाहे त्यो परिवारमा होस् या समाजमा । त्यसैले पनि अन्तर राजनीतिक महिला सञ्जालको अभियान अर्थपूर्ण छ, संयोजक चटौतले बताउनुभयो ।

अर्थ व्यवस्थामा महिलाको पहुँच बढाउन परिवारको सोच र व्यवहार परिवर्तन; पूँजी, लगानी र ऋणमा पहुँच; स्थानीय सरकारले महिलाका लागि बिनियोजनबाट सरकारको लगानी वृद्धि जस्ता बिषय समावेश छन् । यी क्षेत्रमा भएका काम, सम्भावना र चुनौती तथा सफलताको कथालाई आमसञ्चारले प्राथमिकता साथ उठाइदिनुपर्छ, तपाईको सञ्चार र महिला सञ्जालबीच सहकार्य गरौं, नेतृ भद्रा भण्डारीले सहभागितामुलक सञ्चारका लागि प्रस्ताव गर्नुभएको थियो ।

 

सम्बन्धित समाचार

Facebook Comments