वि.सं.: २०८२, मंसिर १ सोमबार
इ.स.: 2025 November 17,MONDAY
वि.सं.: २०८२, मंसिर १ सोमबार
सहरको जीवन्तताका लागि काठमाडौँ महानगरले भौतिक, अभौतिक र सामाजिक विकास क्षेत्रलाई सन्तुलन गर्नेछ — उपप्रमुख डंगोल
काठमाडौँ । जीवन्त सहरको मौलिक छविलाई जोगाउन काठमाडौँ महानगरले क्षेत्रगत सन्तुलन कायम गराउने उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । भौतिक, अभौतिक र सामाजिक पक्षको सन्तुलनबाट सहरको जीवन्तता यथावत रहन्छ । उहाँले एफएचई ३६० का प्रतिनिधिहरुसँग आपसी सहकार्यका बारेमा कुरा गर्दै यस्तो बताउनुभएको हो । ‘काठमाडौँलाई स्वच्छ हावा र स्वच्छ पानीसँगै हरियाली चाहिएको छ । सडकलाई पैदलयात्रीमैत्री बनाउनु पर्नेछ । वातावरण र जनस्वास्थ्य सुधारका लागि हामीले यस्ता क्षेत्रहरुमा ध्यान दिएका छौँ ।’
छलफलमा वातावरणीय सुधारका लागि विद्यार्थीलक्षित कार्यक्रमको प्रसङ्गमा महानगरकी शिक्षा सल्लाहकार रेशु अर्यालले, सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर काम थाल्नुपर्ने बताउनुभयो । परिणामका लागि संस्थागत विद्यालय र सामुदायिक विद्यालयविच संयुक्त कार्यक्रम चलाऔँ । सल्लाहकार अर्यालको भनाइ थियो ।
कार्यक्रममा एफएचआईका राष्ट्रिय निर्देशक भगवान श्रेष्ठले, जनस्वास्थ्य र वातावरणका क्षेत्रमा महानगरका प्राथमिक मुद्दामा सहकार्य गर्न चाहेको बताउनुभयो । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत वेवोरा क्यानेडीले, वायु प्रदुषणजस्तो प्रत्यक्ष नदेखिने तर लामो समयसम्म असर देखाउने क्षेत्रको सुधारमा आफूहरु सहभागी हुन चाहेको उल्लेख गर्नुभयो ।
वातावरण प्रदुषण नियन्त्रण र जनस्वास्थ्य क्षेत्रमा सुधारका सन्दर्भमा वायु प्रदुषण नियन्त्रण, भित्री सहरी क्षेत्रको प्राचीनता संरक्षण गर्न सवारीका साधनको प्रयोग घटाउँदै हिड्ने वातावरण बढाउने र विद्यालय स्तरमा वातावरण शिक्षालाई प्रवर्धनका क्षेत्रमा सहकार्य कुराकानीका मुख्य विषय थिए । एफएचआईका स्वच्छ हावा परियोजना प्रमुख भुषण तुलाधरले जानकारी दिनुभयो ।
हिउँद आएसँगै वायु प्रदुषण बढ्न थाल्छ । यसलाई कसरी रोक्ने? यसका लागि अहिलेदेखि नै काम गर्नुपर्छ । फोहोरलाई खुृल्ला रुपमा बाल्ने आचरणमाथि निगरानी गर्नुपर्छ । सहरको ध्वनी प्रदुषणका बारेमा धेरै कुरा हुन सकेकै छैन । यसमा वहस चलाउनुपर्छ । छलफलमा विषय उठेको थियो ।
बैठकमा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदी र वातावरण तथा कृषि विभागकी प्रमुख सरिता राईले आफ्नो विभागमार्फत अगाडि बठाउनु पर्ने कामका लागि आफूहरु जिम्मेवार रहेको धारणा राख्नुभएको थियो ।
भेटका क्रममा महानगरको सम्पदा तथा पर्यटन, वातावरण तथा कृषि र शिक्षा गरी ३ वटा विभाग र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सहभागी हुनुहुन्थ्यो । त्यस्ते वातावरण तथा जनस्वास्थ्य संस्थालगायतका साझेदारका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App