वि.सं.: २०८२, मंसिर २ मंगलबार
इ.स.: 2025 November 18,TUESDAY
वि.सं.: २०८२, मंसिर २ मंगलबार
काठमाडौँ । भाद्र २१ गते राती भोटाहिटी ल्याएर राखिएको यःसिं आज कायाअष्टमिका दिन विहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको छ । यःसिंलाई भोटाहिटी, असन, इन्द्रचोकहुँदै हनुमानढोका कागेश्वर मन्दिर नजिक यःसिं उठाउने खाल्डोको छेउमा लगेर राखिएको छ । यसमा मानन्धर समुदायसँगै गुर्जुको पल्टन र राज खड्ग पनि सहभागी भएका थिए ।
एकादशीका दिन चसांद्व टोलका मानन्धरहरूले यःसिंमा डोरी बाँध्नेछन् । यसलाई ‘वलः घायेगु’ भनिन्छ । ‘वलः घायेगु’ यःसिंमा डोरी बाँध्ने एउटा त्यस्तो जटिल विधि हो, जसलाई तानेर यःसिं उठाइसके पछि यःसिंको सिरानीमा बाँधिएको गाँठो तलै बसेर फुकाल्न सकिन्छ । यःसिं उठाइसके पछि त्यो देवता सरह हुने भएकोले गाँठो फुकालन माथि चढ्न मिल्दैन । त्यसैले तलैबाट गाँठो फुकाल्नु पर्ने हुन्छ ।
भदौ ३० गते आइतबार, द्वादशीका दिन बिहानी ८ बजेर २६ मिनेटको साइतमा यःसिं उठाइन्छ । यस कार्यमा पनि न्हय्सः नायः, चसाँद्व टोलका मानन्धरहरू अनिवार्य रुपमा उपस्थित हुनु पर्ने चलन छ । यःसिं उठाउँदा कुनै मेसिन वा नयाँ प्रविधिको प्रयोग गरिँदैन । यसलाई परम्परागत विधिबाटै उठाइन्छ । यःसिं उठाइसके पछि त्यसको माथिबाट ध्वजा फहराइन्छ । जसलाई ‘हलिंपताः’ भनिन्छ । यसमा इन्द्रसँग सम्बन्धित चिन्ह अंकित हुन्छन् । यो काम दैसाः टोलका मानन्धरहरुले गर्छन् ।
यस वर्ष भाद्र २० गते, शुक्ल दुतिया (द्वितिया, यंलाथ्व २) को दिन विहान १० बजेर ३२ मिनेटको साइत गरेर यःसिं लिन वन यात्रा सुरु भएको थियो । यसै दिन साँझ ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन भएको थियो । वृक्षकर्तनको साइतमा लुँपा (सुनको बञ्चरो) र वहःपा (चाँदीको बञ्चरो) ले सांकेतिक रुपमा रुखमा घाउ लगाउने चलन छ । यस क्रममा गुर्जुको पल्टनले सलामी दिएको थियो ।
वृक्षकर्तनको भोलिपल्ट मानन्धर समुदायका व्यक्तिहरुले यंःसि तानेर भोटाहिटी ल्याएका थिए । यहाँ तँलाछीका मानन्धरहरूले यंःसिको स्वागत गरेका थिए । यसपछिका ४ दिन यःसिंलाई भोटाहिटीमा ढुंगाको मन्दः (मण्डला) को सिरानीमा सुताएर राख्ने गरिएको छ । सडक कालोपत्रे गर्दा हराएको मण्डलालाई अहिले पुनःस्थापना गरिएको छ । यस बेला श्रद्धालुहरु यंःसिको पूजाआजा गर्ने गर्छन् । यसरी राखिएको यंःसि कुल्चेर वा नाघेर जानु हुँदैन ।
भोटाहिटीको यो ठाउँ मल्लकालमा नगरको बाहिरी भाग थियो । नगर प्रवेशका लागि यहाँ एउटा ढोका पनि राखिएको थियो ।
तस्विर : अमृत पाण्डे
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App
प्रतिक्रिया