वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
पूर्ववडाध्यक्ष चन्द्राचन्द नेवाको मृत्यु
बैशाख २८
काठमाडौँ । काठमाडौँ महानगरका पूर्व वडाध्यक्ष चन्द्रानन्द नेवाको आज मृत्यु भएको छ । हिजो साँझ खाना खाएर सुत्दा उहाँ सञ्चै सुत्नु भएको थियो । विगत केही दिनदेखि रक्तचाप कम भएको परिवारले जनाएको छ । वि. सं. १९८९ मा जन्मनु भएका नेवाःले २०१९ सालदेखि २०५९ सालसम्म काठमाडौँ महानगरमा जनप्रतिनिधिका रुपमा काम गर्नु भएको थियो ।
खुट्टा दुख्ने समस्या भएपछि पछिल्लो समय उहाँलाई हिँडडुल गर्न कठिन थियो ।
उहाँ पहिलो पटक २०१९ सालमा स्थानीय निर्वाचनबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो । अहिलेको वडा १८ त्यसबेला वडा १२ थियो । त्यही बडाबाट स्वतन्त्र बाम उम्मेद्वारका रुपमा वडा सदस्यमा पहिलो पटक निर्वाचित हुनु भएको हो । त्यसपछि उपप्रधानपञ्च हुँदै २०३२ सालको निर्वाचनबाट प्रधानपञ्च चुनिनुभयो । २०१९ सालदेखि २०५४ सालसम्म भएको हरेक स्थानीय निर्वाचनमा उहाँले भाग लिनुभयो र प्रत्येकमा बिजय हासिल गर्नुभयो । यस अवधिमा कुनै समय ६ बर्षको अन्तरालमा चुनाव भए त कति बेला ५ बर्षपछि । कति कार्यकाल पूर्ण समय रह्यो भने कति कार्यकाल बीचमै अस्थिर भएर टुङ्गिएको थियो ।
२०३९ सालअघिसम्म हरेक वडाबाट एकजना प्रतिनिधि निर्वाचित हुने व्यवस्था थियो । तिनलाई बसेर काम गर्ने कार्यालय थिएन, न त कर्मचारी नै थिए । यिनै सदस्यबाट नगरपालिकाको प्रधानपञ्च÷उपप्रधानपञ्च चयन हुन्थे । २०३६ साल सुधारिएको पञ्चायत शुरु भएपछि हरेक वडामा ५ जना सदस्य निर्वाचित हुने व्यवस्था भयो । त्यसैबमोजिम २०३९ सालमा सम्पन्न नगरपालिकाको निर्वाचनमा पहिलो पटक एकै वडाबाट ५ जना सदस्य निर्वाचित भए । प्रधानपञ्चलाई प्रत्यक्ष मत हालेर विजयी गराउने यो नै पहिलो अभ्यास थियो । त्यसपछि वडा कार्यालय स्थापना भयो । वडामा एकजना सचिव पठाउन थालियो । २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि २०४९ सालमा स्थानीय निर्वाचन भयो । त्यस निर्वाचनबाट मेयर, उपमेयर र वडाध्यक्षको निर्वाचन भयो । वडा सदस्य भने वडाध्यक्षले सल्लाहकार समितिका रुपमा मनोनयन गरियो । २०५४ सालमा भएको स्थानीय निर्वाचनसम्ममा आइपुग्दा यो पद्धति ठीक नभएको निष्कर्ष आएपछि २०५४ सालमा फेरि वडा सदस्यहरु निर्वाचित हुने प्रणाली शुरु गरिएको हो । यी सबै परिवर्तनमा चन्द्रानन्द नेवा सहभागी हुनुभएको थियो ।
यसरी निर्दलीय (पञ्चायती व्यवस्था) सुधारिएको पञ्चायत (दलहरुलाई केही खुकुलो पारेको व्यवस्था), बहुदलीय व्यवस्था २०४६ सालपछि गरी फरक फरक व्यवस्थामा उहाँले वडाबाट नगरपालिकामा प्रतिनिधित्व गर्नुभयो । उहाँको कार्यकाल २०५९ सम्म कायमै थियो । त्यसपछि स्थानीय निर्वाचनमा अलमल भएपछि उहाँको जनप्रतिनिधि भएर काम गर्ने क्रम रोकियो । उहाँको कार्यकालमा कहिले वडाबाट निर्वाचित हुँदै नगरपालिकाको प्रधानपञ्चसम्म हुनुभयो । कहिले प्रधानपञ्च निलम्बनमा परेपछि अरुलाई कार्यवाहक प्रधानपञ्च बनाएको पनि देख्नुभयो ।
खु
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App