वि.सं.: २०८३, साउन ९ शनिबार
इ.स.: 2026 July 25,SATURDAY
वि.सं.: २०८३, साउन ९ शनिबार
साउन १३ गते महावुद्ध महाविहार प्राङ्गणमा कार्यक्रम
काठमाडौँ । हरेक १२ वर्षमा हुनु पर्ने तर २४ वर्षसम्म हुन नसकेको सम्यक महादानको स्मरण गराउन साउन १३ गते दिपंकर तथागत वुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम हुने भएको छ । गुरु पूर्णिमाको अवसर पारेर काठमाडौँ महानगरपालिका वडा नं. २७ महावुद्ध महाविहारको प्राङ्गणमा कार्यक्रम हुनेछ ।
कार्यक्रमको भव्यता र व्यवस्थापनका लागि आयोजना गरिएको तयारी बैठकमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी सहभागी भएर आफ्नो दायित्वप्रति प्रतिवद्ध रहेको बताउनुभयो ।
यस अवसरमा काठमाडौँका विभिन्न स्थानमा रहेका महाविहार, बहाः बहीः मा रहनुभएका ८५ जना शाक्य स्थवीर, थायपा, दिपङ्कर तथागत बुद्धहरु र जीवित देवताहरु श्रीगणेश र श्रीभैरवलाई विराजमान गराएर पञ्चदान प्रदान गर्ने कार्यक्रम रहेको महावुद्ध महाविहारका महास्थविर संघरत्न शाक्यले जानकारी दिनुभयो ।
पञ्चदान तथा दिपङ्कर शोभा यात्रा त्यस दिन विहान ७ बजे दिपङ्कर वुद्धहरुको आसन ग्रहणबाट सुरु हुनेछ । विहान ९ बजेदेखि ११ बजेसम्म पञ्चदान प्रदान हुनेछ । अपरान्ह साढे १२ बजे दिपङ्कर बुद्धलाई महाबौद्ध, असन, त्योड, इनबहाल, कमिलाक्षी, भोटाहिटी हुँदै असनको डवली यात्रा गराइनेछ । यसपछि प्रारम्भ हुने पूजा वेलुका ७ बजेसम्म चल्नेछ ।
काठमाडौँका विभिन्न स्थानमा महाविहार छन् । यसमध्ये शान्ति घट चैत्य बज्रधातु महाविहार ठँहिटीमा, रत्न मण्डल महाविहारम नघः वहाःमा, अशोक चैत्य महाविहार असं वहाःमा, महावुद्ध महाविहार महावौद्धमा, धर्मचक्र महाविहार चधं वहाःमा, रत्नाकर महाविहार कोँसा वहामा, कीर्तिपुण्य महाविहार कोहिटी वहाःमा, धर्माकर महाविकार, तोंवहाः यंगालमा, बिक्रमशील महाविहार ओमवहालमा र कीर्तिपुण्य भुवनसुन्दर महाविहार लगनटोलमा छ । यी महाविहारहरु शाक्यहरुका हुन् ।
शाक्य र बज्राचार्यका संयुक्त महाविहार पनि छन् । इतुम्बहालको केशचन्द्र पारावर्त महाविहार, जनबहालको कनकचैत्य महाविहार, बसन्तपुरको श्रीखण्डतरमुल महाविहार, मखंको मखन बहाल, लगं वहाःको कीर्तिपुण्य महाविहार र ओमबहालको ब्रह्मचक्र महाविहार शाक्य र बज्राचार्यका संयुक्त स्थल हुन् ।
महाविहारसँगै महानगरपालिकाभित्र १६ वटा बही छन् । चाःवहि, कोटु चावहि, अटुलखु वही, महाङ्काल वही, बिज्यास वही, खुशी वही, मरु वही, मखं वही, गण वही, त्वाः कं वही, न्हयाकं वही, सेङ्गु वही, कोटु वही, दुगं वही, नःवही काठमाडौँका बहाल हुन् ।
सम्यक महादान स्वयम्भूमा हुने गर्छ । पछिल्लो समय २०६० साल महादान भएको थियो । त्यसपछि भएको छैन । यो महादान हरेक १२ वर्षमा गर्नुपर्छ भन्ने स्मरण गराउन यस पटकको कार्यक्रम आयोजना गर्न लागिएको हो ।





निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App