वि.सं.: २०८३, भदौ १८ बिहीबार
इ.स.: 2026 September 3,THRUSDAY
वि.सं.: २०८३, भदौ १८ बिहीबार
प्रदान गरिएका सामग्रीहरुमा करौँती, हेल्मेट, पिक, सावेल, पञ्जा, भर्याङ्, स्टेचर, हम्बर, लङ् बुट, डोरीलगायत सामान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रसुवा भोटेकोशी बाढी प्रतिकार्यका लागि काठमाडौँ महानगर स्काउटलाई खोज तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री प्रदान गरेको छ । राष्ट्रिय सभा गृहमा रहेको महानगर आपतकालीन कार्य सञ्चालन केन्द्रमा मौज्दात रहेका सामानमध्ये घटना स्थलमा तत्काल आवश्यक रहेका सामग्री प्रदान गरिएको हो । विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, महानगर स्काउटका स्थानीय सामुदायिक विकास आयुक्त पुष्पराज सिंखडालाई सामान प्रदान गर्दै काठमाडौँ स्काउटले बाढीग्रस्त क्षेत्रको सामाजिक व्यवस्थापनमा प्रशंसनीय काम गरेको बताउनुभयो ।
प्रदान गरिएका सामग्रीहरुमा करौँती, हेल्मेट, पिक, सावेल, पञ्जा, भर्याङ्, स्टेचर, हम्बर, लङ् बुट, डोरीलगायत सामान छन् ।
खोज, उद्धार तथा राहत वितरणमा महानगर स्काउटले नेपाल स्काउटसँग सहकार्य गर्दै अग्रपङ्तिमा रहेर काम गरिरहेको छ ।


निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App