वि.सं.: २०८२, मंसिर ६ शनिबार
इ.स.: 2025 November 22,SATURDAY
वि.सं.: २०८२, मंसिर ६ शनिबार
सामुदायिक विद्यालयमा भएको सर्वेक्षणका क्रममा बालिकाले बताएको विवरणका आधारमा पक्राउ
काठमाडौँ । बालिका करणी आरोपमा कुलेश्वर आवास क्षेत्रबाट ५४ वर्षिय पुरुष पक्राउ परेका छन् । बालिकाले आफू जोखिममा रहेको सूचना दिएपछि अनुगमन टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आरोप लागेका पुरुषलाई पक्राउ गरिएको हो ।
गएको ६ बर्षदेखि त्यही घरमा आफू घरेलु कामदारका रुपमा रहेको र गएको ३ वर्षदेखि आफूमाथि जवर्जस्ती करणी गरिरहेको बालिकाले बताएकी छन् । उनी अहिले १७ वर्षकी छिन् ।
बालबालिकाहरुको अवस्था अध्ययनका लागि महानगरपालिकाले सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन गरेका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्थाका विषयमा जानकारी लिने गरेका छन् । यसरी प्राप्त गरिएको जानकारी र संयुृक्त अनुगमन टोलीले गरेको अनुगमनपछि तयार पारिएको प्रतिवेदनले बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको देखिन्छ । प्रमुखको सचिवालय सदस्य धिरज जोशी भन्नुहुन्छ, ‘यो प्रतिवेदन आफैँमा जाहेरी हो । हामीले बालिकाका अभिभावकलाई पनि बोलाएका छौँ । अब कारवाही प्रक्रिया अगाडि बढ्छ ।’
आरोपित व्यक्तिलाई कालीमाटी प्रहरी वृत्तमा राखिएको छ ।
अहिलेसम्म जोखिममा रहेका २७ जना बालिका र २४ जना बालक गरी ५१ जना बालबालिकालाई उद्धार गरिसकिएको छ । जसमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ । सुरक्षा, शिक्षादीक्षा तथा स्वास्थ्योपचार सुनिश्चित गरेर बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको जोशीले जानकारी दिनुभयो ।
महानगर बाल अधिकार समिति
कार्यविधिको व्यवस्थाअनुसार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘महानगर बाल अधिकार समिति’ गठन भएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरुबाट उपप्रमुखले तोकेका २ जना सदस्य, राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधि सदस्य हुनुहुन्छ ।
यसैगरी कानुन तथा मानव अधिकार विभागको प्रमुख, सामाजिक विकास विभागको प्रमुख, शिक्षा विभागको प्रमुख वा प्रतिनिधि, महानगर प्रहरी बलको प्रमुख, बाल अधिकारका क्षेत्रमा क्रियाशील व्यक्ति, सामाजिक संस्था वा अभियन्तामध्येबाट १ जना महिलासहित २ जना प्रतिनिधि, स्वास्थ्य विभागले तोकेका बाल विशेषज्ञ एक जना, महानगर बाल सञ्जालका अध्यक्षसहित सञ्जालले तोकेका २ जना प्रतिनिधि, विद्यालयका बाल संरक्षण शिक्षकमध्येबाट शिक्षा विभागले तोकेका १ जना, महानगरपालिका भौगोलिक कार्य क्षेत्र पर्ने नेपाल प्रहरीका प्रमुख वा प्रतिनिधि १ जना सदस्य हुनुहुन्छ । महानगरपालिकाको बाल कल्याण अधिकारीले समितिको सदस्य सचिवका रुपमा काम गर्नुहुनेछ ।
कार्यविधिले बाल अधिकारको संरक्षण र प्रवर्धनबाट बालमैत्री महानगर निर्माण, महामारीमा बालबालिकाको अवस्था, अपाङ्गता भएका बालबालिकाका लागि विशिष्ट सेवा, बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, जोखिममा परेका र विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकाको वचावटलगायत व्यवस्था छन् । यस्तै बाल श्रम निषेध तथा निरुत्साहन, बाल क्लव तथा बाल क्लब सञ्जाल गठन हुने व्यवस्था छ । बाल क्लवमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष १/१ जना र ७ जना सदस्य रहनुहुनेछ । महानगर बाल क्लव सञ्जालमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष १/१ जना रहनुहुनेछ । सदस्य संख्या २९ रहनेछ ।
कार्यविधिले सामाजिक विकास समितिको संयोजकलाई बाल कोष सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्था गरेको छ । समितिको सदस्यहरुमा सामाजिक विकास, शिक्षा र वित्त विभागका प्रमुख हुनुहुन्छ । बाल कल्याण अधिकारीले सदस्य सचिवका रुपमा काम गर्नुहुन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App