वि.सं.: २०८२, मंसिर ४ बिहीबार
इ.स.: 2025 November 20,THRUSDAY
वि.सं.: २०८२, मंसिर ४ बिहीबार
समितिले गएका बर्षहरुको बाँकी र यस वर्षको खर्च निकासा दिने निर्णय गरेको
काठमाडौं । इन्द्रजात्रा सञ्चालनका लागि विगत वर्षमा खर्च भएको तर निकासा दिन बाँकी रकम र यस वर्ष जात्रा सञ्चालनका लागि रकम निकासा दिने ‘येयाँ ११४४ (इन्द्रजात्रा २०८१) महानगर विशेष कार्यक्रम सञ्चालन मूल समारोह समितिले निर्णय गरेको छ । समितिका संयोजक आशामान संगतको संयोजकत्वमा बसेको बैठकमा प्रवक्ता नविन मानन्धर, समितिका सदस्य भुवन लामा, वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जनसहित पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
बैठकले, असोज ३ गते महानगरपालिकाको आयोजनामा विशेष पूजासहितको परम्परागत नृत्य प्रदर्शन गर्ने निर्णय गरेको छ । यसरी प्रदर्शन हुने नृत्यमा लाखे आजु, पुलुकिसी, आकाश भैरव (सव भकु), महाकाली प्याखंसहितका परम्परागत नृत्य प्रदर्शन हुनेछन् । कार्यक्रमका बारेमा जानकारी दिँदै प्रवक्ता मानन्धरले भन्नुभयो, ‘जात्राभित्रका अन्तर पक्षको प्रवर्धन र यस्ता मौलिक पक्ष बचाइ राख्ने समुदायको प्रोत्साहनका लागि हामीले विशेष पूजासहितको नृत्य प्रदर्शन परम्परा बसाउन खोजका हौँ ।’
त्यस क्रममा समितिका संयोजक संगतले भन्नुभयो, ‘परम्परा चलाउने हरेक हरेक गुठियारसँग नजिक पुगेर समस्या सुन्ने प्रयास गरेका छौँ । यस्ता जात्रा पर्वहरुको संरक्षण गर्ने स्थानीय तहको दायित्व हो । हामी समस्याको गहिराइमा पुगेर दिगो समाधानमा गर्ने प्रयासमा छौँ ।’ त्यस क्रममा वडा नं. २३ का अध्यक्ष महर्जनले, वडाबाट कुमारी घरमा प्रकाशको व्यवस्था गर्नेलगायत काम वडाबाट भइरहेको जानकारी दिनुभयो ।
जात्राको महत्वलाई उजागर गर्न यससँग सम्बन्धित कथा, गतिविधि, संस्कार तथा संस्कृतिलाई भिन्नभिन्न भाषा, ढाँचा र प्रकृतिबाट प्रवर्धन गरेर गरिमा बढाउनु पर्नेमा समितिका सदस्य लामाको जोड थियो ।
जात्रालाई विशेष बनाउन महानगरले तयारीलाई तीब्र बनाएको समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ ।
यस वर्ष इन्द्रजात्राका कार्यक्रम सञ्चालन भइसकेका छन् । हनुमानढोका अगाडि कालभैरवसँगै गाडिने यसिं (इन्द्रध्वज) ल्याएर भोटाहिटीमा राखिएको छ । यसिं लिन मानन्धर समुदायका अगुवाहरु २० गते विहान १० बजेर ४७ मिनेटको साइतमा हनुमानढोकाबाट गुर्जुको पल्टनसहित बन प्रस्थान गरेका थिए । यसै दिन साँझ विधिवत पूजा गरेर ०८ बजेर २७ मिनेटको साइतमा बृक्ष कटान गरिएको थियो । २१ गते गुठियारहरुले बिहानैदेखि यसिं (लिङ्गो) तान्न थालेका थिए । त्यसै दिन यसिं भोटाहिटीमा ल्याइएको थियो ।
२६ गते बुधबार विहान १० बजेर ३२ मिनेटको साइतमा लिङ्गो सहर प्रवेश गराइनेछ । भदौ ३० गते आइतबार विहान ८ बजेर २६ मिनेटको शुभ साइतमा इन्द्रध्वज उत्थान गरिनेछ ।
असोज १ गते मंगलबार कुमारी रथ यात्रा सुरु हुन्छ । यस दिन राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीहरुले गद्दी बैठकबाट कुमारीको दर्शन गर्ने चलन छ । यस दिन तल्लो टोलमा रथ यात्रा हुन्छ । असोज २ गते बुधबार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिबार नानिचा यात्रा हुन्छ । यसै दिन राती १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।
इन्द्रजात्राका अवसरमा लाखे आजु, आकाश भैरव, हलचोक भैरव (सव भकु), पुलुकिसी, देवीलगायत तान्त्रिक बिद्यामा आधारित नाचहरु हुनेछन् भने दश अवतारलगायत पौराणिक कथामा आधारित नाटक प्रदर्शन हुनेछन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App