वि.सं.: २०८२, पुस २ बुधबार
इ.स.: 2025 December 17,WEDNESDAY
वि.सं.: २०८२, पुस २ बुधबार
साउन १ गतेदेखि आइतबार र बुधबार कुहिने, सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने
काठमाडौँ । साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै दिनमा संकलन गर्ने भएको छ । वातावरण तथा कृषि विभागले फोहोर उत्पादकका नाममा सूचना जारी गर्दै कुहिने फोहोर आइतबार र बुधबार तथा नकुहिने फोहोर सोमबार र शुक्रबार संकलन हुने जनाएको छ ।
सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड््यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ । यस्तै नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न गर्न पुन चक्रिय फोहोर कवाडी संकलकलाई बेचेर आय आर्जन गर्न भनिएको छ । यस्तै प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ ।
फोहोरलाई स्रोतमा नछुट््याउने उत्पादकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने विभागको भनाइ छ ।
ऐनमा फोहोरलाई स्रोतमै छुट््याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App