Logo
  • वि.सं.: २०८३, वैशाख ३० बुधबार

  • इ.स.: 2026 May 13,WEDNESDAY

  • वि.सं.: २०८३, वैशाख ३० बुधबार

  • वडावासीलाई रोजगार र स्वरोजगार बनाउन क्षमता विकासका लागि वडा १८ बाट सिप मेला 

    स्थानीयबासीको क्षमता विकासबाट आयआर्जन गराउन मेला आयोजना गरेका हौँ – वडाध्यक्ष महर्जन

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ । गएको शुक्रबारबाट सुरु भएको मेला ७ दिनसम्म चल्नेछ । प्रशिक्षणमा १२५ जना स्थानीयबासी सहभागी हुनुहुन्छ ।  

    तालिममा वारिस्ता, वेकरी, सेल्फ मेक अप, नेल आर्ट र रेडिमेड साडी तयारी सम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । स्थानीयबासीमा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित विधाहरु छानिएको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिनुभयो । 

    ‘गएको वर्ष परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमूना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका तालिम सञ्चालन गरेका थियौँ । डल्लो साबुन, झोल साबुन र सरफ बनाउने, कपडाका जुत्ता बनाउने, रेशमी धागोबाट हस्तकलाका सामान बनाउने लगायत तालिम सञ्चालन गरेका थियौँ ।’ महर्जन भन्नुहुन्छ, ‘यस वर्ष वेकरी, वारिस्ता विधाका तालिम थपेका छौँ । स्थानीयबासीमा स्वरोजगार बन्न, दैनिक जीवनयापनका लागि गर्नु पर्ने खर्च घटाउन र रोजगारीका क्षेत्रमा जान सहयोग गर्ने अपेक्षा लिएका छौँ ।’

    स्थानीय गृहिणीहरु आफूले गर्नु पर्ने खर्च घटाउन सक्नुभयो भने पनि हाम्रा लागि उपलब्धि हुनेछ । वडा सदस्य हेराशोभा डंगोल महर्जनले पार्लरमा गर्नुपर्ने खर्च घटाउनु पनि आय नै भएको प्रतिक्रिया दिनुभयो । 


     

  • प्रकाशित मिति बुधबार ३० वैशाख २०८३ ०६:५१ PM