वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
चमती आयोजना उपभोक्तालाई हस्तान्तरण गर्नु पर्नेमा प्रमुख शाहको जोड
काठमाडौँ । चमती जग्गा एकीकरण आयोजना उपभोक्तालाई हस्तान्तरण गर्नु पर्नेमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले जोड दिनुभएको छ । प्रमुख शाहको अध्यक्षतामा बसेको जग्गा व्यवस्थापन उपसमितिको ४३ औँ बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
बैठकले आउँदो ३ महिनाभित्र आयोजना हस्तान्तरण गर्ने गरि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै आयोजनाका लागि आ. ब. २०७९/०८० का लागि ३५ करोड ६९ लाख १६ हजार रुपैयाँ स्वीकृत गरेको छ । प्रशासनिक भवन निर्माण गर्ने सम्बन्धमा भएको छलफलमा बालाजुतर्फ र स्वयम्भुतर्फ एक एक वटा भवन निर्माण गर्ने निर्णय गरेको छ । आयोजनाका प्रमुख एवं उपसमितिका सदस्य सचिव रामबाबु महतोकाअनुसार आयोजना क्षेत्रको केही ब्लकमा बाटो संशोधन गर्ने, नेवाः देय दबुलाई आयोजनाको न्युनतम टेण्डर मूल्यमा ५० प्रतिशत रकम थप गरेर जग्गा दिनेलगायत निर्णय गरिएका छन् ।
आयोजनाबाट फिर्ता हुने विकसित घडेरीमा नगद योगदान गर्नुपर्नेमा आर्थिक अवस्था कमजोर भएका कारण नगद दिन नसक्ने घरधनीका सम्बन्धमा अध्ययन गर्न बनेको अध्ययन कार्यदललाई बैठकले अनुमोदन गरेको छ । साउन ९ गते बसेको सहयोग समितिको बैठकले देवरत्न डंगोलको संयोजकत्वमा ५ सदस्यीय अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलको सदस्य सचिवमा कानुन अधिकृत समिता श्रेष्ठ हुनुहुन्छ ।
मोतीकाजी महर्जनको निवेदकमा छलफल गर्दै बैठकले जग्गा दिने निर्णय गरेको छ । यस्तै विष्णुमती नदी किनारालाई खुल्ला क्षेत्रका कायम गरी पार्क निर्माण गर्ने, आयोजनामा रहेका करार कर्मचारी अवकास हुँदा सेवा अवधि अनुसार रकम दिने निर्णय गरिएको छ ।
बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तुलसी गौत्तम, महानगरको वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल वडा १६ का अध्यक्ष मुकुन्द रिजाललगायत जग्गा विकाससँग सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।
उपसमितिमा सहरी विकास तथा भवन निर्माण विभाग, उपत्यका विकास प्राधिकरण, भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालयबाट प्रतिनिधित्व छ । यसैगरी उपभोक्ता समितिका तर्फबाट पनि प्रतिनिधित्व रहने गरेको छ ।
तस्विर : विनय शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App