वि.सं.: २०८३, असोज २९ बिहीबार
इ.स.: 2026 October 15,THRUSDAY
वि.सं.: २०८३, असोज २९ बिहीबार
'पहुृँचयुक्त सहर निर्माणलाई नतिजा दिन अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई सँगै कार्यक्रम गर्दैछौँ ' - कार्यवाहक प्रमुख, डंगोल
काठमाडौँ । ‘स्वर बोलाइमा समस्या भएका बालबालिकालाई विद्यालय पठाउन थालेपछि उनीहरु सांकेतिक भाषा सिक्न थाल्छन् । उनीहरुमा सांकेतिक भाषाको ज्ञान बढ्न थालेपछि घरमा आउँदा उनीहरुको भाषा अभिभावक र घरका सदस्यले बुझ्दैनन् । घरका सदस्यले भनेको भाषा बालबालिकाले बुझ्दैनन् । यसो भएपछि त तालिम दिएको वा सिप सिकाएको पनि काम लागेन । यो देखेपछि हामीलाई लाग्यो, अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम सञ्चालन गर्दा परिवार र अभिभावकलाई पनि सँगै कार्यक्रम गरेपछि मात्र लक्षित वर्गले लाभ पाउँछन् । नत्र, जुन उद्देश्यले कार्यक्रम सञ्चालन गरियो । त्यो उद्देश्य पूरा हुन सक्दैन ।’ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘यस कारण हामीले शारीरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिको सरल जीवनयापनका लागि उहाँहरुसँगै अभिभावक र हेरचाहकर्तालाई स्याहार सिप सम्बन्धी तालिम दिन थालेका छौँ ।’ उहाँले शारीरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्ति, उहाँहरुका अभिभावक र हेरचाहकर्ताका लागि आयोजना गरेको स्याहार सिप सम्बन्धी तालिममा यस्तो बताउनुभएको हो ।
‘हामीले दिएको तालिम आजै काम लाग्न सक्छ । केही समयपछि प्रयोग गर्नु पर्ने पनि हुृन सक्छ । र, ढिला नतिजा आउने पनि हुन सक्छ ।’ उहाँले भन्नुभयो, ‘शारीरिक तथा बौद्धिकविकास सम्बन्धी समस्याका कारण कठिन जीवन भोगि रहेको व्यक्तिहरुको दैनिक जीवन यापन सहर बनाउने लक्ष्यमा पुग्न काम गरिरहेका छौँ ।’
तालिममा शारीरिक र बौद्धिक अपाङ्गताका प्रकार, यस्ता व्यक्तिहरुका लागि व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिकार, व्यक्तिगत सरसफाइ, पोषण र स्वास्थ्य स्याहार, दैनिक क्रियाकलापमा सहयोग गर्ने तरिका, आधारभूत फिजियोथेरापी र शारीरिक अभ्यास, बोली र सञ्चार सुधार, कठिनाइ व्यवस्थापन, अभिभावकको मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन लगायत विषय समावेश गरिएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिनुभयो ।
तालिममा शारीरिक अपाङ्गता भएका व्यक्तिको उपचार, पुनःस्थापना, सहायक सामग्री सम्बन्धी विषयमा इस्पाइनल इन्ज्युरी पुनःस्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा. राजु ढकालले, शारीरिक अपाङ्गता हुनुको कारण र यसबाट व्यक्ति र समाजमा पर्ने प्रभावका विषयमा शिक्षण अस्पताल महाराजगञ्जका अर्थोपेडिक सर्जन डा. शिरिष अधिकारीले कक्षा सञ्चालन गर्नुभएको थियो ।
तालिमका फोकल पर्सन भवानी कपालीका अनुसार शारीरिक अपाङ्गता सम्बन्धी विषयमा एक दिन र अर्को दिन बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोम, अटिजम लगायत अपाङ्गता सम्बन्धी विषय अर्को दिन सिकाइन्छ ।
महानगरपालिकाभित्र यस वर्गमा करिब १ हजार ४ सय व्यक्ति हुनुहुन्छ । उहाँहरुमध्ये एउटा कक्षामा २५ जना अपाङ्गता भएका व्यक्ति र २५ जना अभिभावक गरेर ५० जनालाई लक्षित समूहमा राखेर तालिम थालिएको हो ।
सानातिना सहयोग तथा उपाय र थोरै सावधानीले पनि कठिन अवस्थाका व्यक्तिहरुको दैनिकीलाई अलि सहज बनाउन सकिने रहेछ । तालिममा सहभागी अभिभावक भावना ढकालले भन्नुभयो, ‘काठमाडौँ बाहिर यस प्रकारको सेवा नभएका कारण हामी काठमाडौँ आएर बस्न बाध्य छौँ । महानगरपालिकाले दिएको तालिमले समस्या व्यवस्थापन गर्न थप सहज महसुस गराएको छ ।’
बुहारीको २ पटक ट््युमरको अपरेसन भएको छ । यसरी अपरेसन भएका व्यक्तिहरुको जीवन कसरी सहज बनाउने भनेर महानगरपालिकाले सोचिदियो । यो त पुण्यको काम हो । तालिममा अभिभावक भवानी भट्टराईले भन्नुभयो, ‘हुने र सक्नेका लागि किन कार्यक्रम चाहियो? उनीहरु आफैँ गरिहाल्छन् नि । कार्यक्रम त यस्ता नसक्ने र नहुनेका लागि गर्नुपर्छ । महानगरपालिकाले गरेको छ । यो ठुलो काम हो ।’
यी विषयहरुलाई प्रस्तुतिकरण, पदर्शन र प्रयोगात्मक अभ्यास, सामुहिक छलफल र अनुभव आदानप्रदानका बिधिबाट क्षमता विकास गराइँदैछ ।

निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App