वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इ.स.: 2025 November 3,MONDAY
वि.सं.: २०८२, कात्तिक १७ सोमबार
इन्द्रजात्राको गरिमा अन्तरराष्ट्रियकरणमा प्रमुख शाहको जोड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले इन्द्रजात्रा पर्वको सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वलाई राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा प्रवर्धनमा जोड दिएको बताउनुभएको छ । इन्द्रजात्रा २०७९ मनाउन महानगरको तयारीका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख शाहले यस्तो बताउनुभएको हो ।
मानव सिर्जित सम्पदाको सुन्दरता र यी भौतिक सम्पदासँग जोडिएका अमूर्त सम्पदाको मिश्रणले जात्राको महत्वलाई उच्च बनाएको उल्लेख गर्दै प्रमुख शाहले, पर्व अवलोकन गर्न भगिनी सम्बन्ध भएका नगरबाट पर्व अवलोकनका लागि निमन्त्रणा गरिएको जानकारी दिनुभयो ।
पर्वको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक तथा सामाजिक पक्षको अन्तरघुलनका विषयमा चर्चा गर्दै भेटघाटका क्रममा उपप्रमुख सुनिता डंगोलले, धार्मिक सहअस्तित्वका् प्रतीकका रुपमा पर्वलाई लिन सकिने बताउनुभयो । पर्वमा लैङ्गिक सहभागिताको प्रसङ्ग उठाउँदै उपप्रमुख डंगोलले, नानिचयाः जात्राको रथ यात्रालाई आफूले नेतृत्व गर्ने बताउनुभयो ।
जात्राको महत्वलाई विस्तार गर्ने योजनाअनुरुप काम भइरहेको प्रवक्ता नविन मानन्धरको भनाइ छ । जात्राभित्रका गतिविधिका विषयमा कुरा गर्दै प्रवक्ता मानन्धरले, पर्वले दिने सन्देश प्रवर्धन गरिने बताउनुभयो ।
काठमाडौँ महानगरसँग देशभित्रका ५ वटा र अन्तरराष्ट्रिय स्तरमा १८ वटा नगरहरुसँग भगिनी सम्बन्ध छ । यसरी सम्बन्ध गाँसिएका अन्तरराष्ट्रिय नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा सहर छन् । काठमाडौँ महानगरसँग धेरै सहरको भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर नगरसँग भगिनी सम्बन्ध छ ।
यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ ।
अहिले विश्वमा कोविड संक्रमणको दर बढिरहेको छ । जात्रा अवलोकनकालागि अन्तरराष्ट्रिय प्रतिनिधित्व यसैमा निर्भर रहन्छ । चीनमा संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाई गरिएकोले आउन कठिन हुने प्रारम्भिक सूचना पाएका छौँ ।
भेटघाटका क्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सूचना प्रविधि समितिका सदस्य एवं वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, राजेश श्रेष्ठ, वडा २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीसहित जनप्रतिनिधि र महानगरका अधिकारीहरुको सहभागिता थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App