Logo
  • वि.सं.: २०८३, वैशाख ५ शनिबार

  • इ.स.: 2026 April 18,SATURDAY

  • वि.सं.: २०८३, वैशाख ५ शनिबार

  • स्थायी संरचनामा ४० मिनेट खन्दा १५ फिट तल टुकुचा भेटियो 

    स्थायी संरचनामा ४० मिनेट खन्दा १५ फिट तल टुकुचा भेटियो 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जय नेपाल चलचित्र घर कम्पाउण्ड खनेर टुकुचा खोला निकालेको छ । टुकुचा खोलाको अस्तित्व कायम गराउन महानगरले साउन १२ गते सार्वजनिक सूचनामार्फत अतिक्रमण हटाउन सरोकारवालाका नाममा सूचना जारी गरेको थियो ।

    महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेकाअनुसार आज नागपोखरीबाट दरबारमार्गतर्फको सडक खण्डमा पर्ने जय नेपाल चलचित्र भवनको कम्पाउण्डबाट खोलो खोज्ने काम थालिएको थियो । ‘दिनको साढे १ बजेदेखि स्थायी संरचना खन्न थालिएको थियो । डोजरमार्फतले ४० मिनेट खनेपछि खोला भेटियो ।’ खोला प्राप्त गरेको अवस्थाका विषयमा जानकारी दिँदै पाण्डेले भन्नुभयो, ‘स्थायी संरचनाको १५ फिट तल खोलो पाइएको हो ।’ 

    यसपछि काठमाडौँ प्लाजासम्मको भागमा खोलाको छोपिएको भाग खोल्ने योजना रहेको नगर प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ । 

    तस्विर : गणेश कार्की

     

  • प्रकाशित मिति बिहीबार ३१ भदौ २०७९ ०८:२८ PM