वि.सं.: २०८२, मंसिर २३ मंगलबार
इ.स.: 2025 December 9,TUESDAY
वि.सं.: २०८२, मंसिर २३ मंगलबार
छरिएका कामको एकीकृत प्रगति बुझ्न प्रमुख शाहबाट अधिकारीहरुलाई प्रश्न
काठमाडौँ । ‘सार्वजनिक जग्गा संरक्षणका लागि तपाईँहरु काम गर्दै हुनुहुन्थ्यो । हिजोआज किन छोड्नु भएको ?’ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले उपत्यका विकास प्राधिकरणका अधिकारीलाई सोध्नुभएको प्रश्न हो यो । आज जेडिए कम्प्लेक्स सुन्धारामा बसेको पूर्वाधार समन्वय समितिको बैठकमा प्रमुख शाहको यो प्रश्नको उत्तरमा प्राधिकरणका इञ्जिनियर सौरभ ढकालले, उत्तरका लागि आयुक्तसँग कुरा गर्नुपर्ने बताउनुभयो । आफूले गरेका कामको प्रगति सुनाउने क्रममा नेपाल विद्युत प्राधिकरणका निर्देशक श्रीरामराज पाण्डेले, भूमिगत विद्युत प्रसारण लाइनसँगै सडक किनारामा राखिएका ११० वटा प्यानलले मार्ग अवरोध गर्ने भएकोले पुनः डिजाइन गरेर पुनस्र्थापना गर्न लागिएको बताउनुभयो । यसलाई पूरै भूमिगत गर्न मिल्दैन भन्ने प्रश्नको उत्तरमा पाण्डेले नमिल्ने बताएपछि प्रमुख शाहले के यो सयौँ बर्षसम्म पनि यस्तै हो त? प्रतिप्रश्न गर्नुभएको थियो । यस क्रममा निर्देशक पाण्डेले आउँदो ३० बर्षका लागि अहिले काम गरिरहेको बताउनुभयो ।
बैठकमा उपप्रमुख सुनिता डंगोलले, भित्री सहरी क्षेत्रमा खानेपानीको अभाव झेल्नु परेको गुनासो आउने गरेको प्रसङ् उठाउँदै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलाई अवस्थाका विषयमा प्रश्न गर्नुभएको थियो । प्रश्नको उत्तरमा शाक्यले, पुराना पाइपमा खिया लागेको, टुटफुट भएकोले पानी वितरणमा समस्या भएको बताउनुभयो । हामीले पहिलो र दोस्रो चरणमा परीक्षण गरिसकेका छौँ । अब पहिलेको समस्यामा कमी आउँछ । शाक्यको जवाफ थियो ।
सहरी सुन्दरताका काम पर्व अगाडि गर्नुपर्छ । बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘सबैको प्रयत्नबाट सुन्दर राजधानी सहर बनाउनुपर्छ ।’ विद्युत प्राधिकरणसँग सडक बत्ती व्यवस्थापन गर्ने सम्बन्धमा उठेको सवाललाई स्पष्ट पार्दै उहाँले थप्नुभयो, ‘ढाँचा एकिन नभए सूचना प्रकाशित भएपछि अन्यौल भएको हो । दुवै पक्षका अधिकारी बसेर टुङ्गो लगाउनुपर्छ ।’
बैठकमा अधिकारीहरुले महानगरले सञ्चालन गरिरहेको अनधिकृत संरचना हटाउने कामको प्रशंशा गर्नुभएको थियो ।
त्यस क्रममा सडक पूर्वाधारसँग सम्बन्धित विषयहरुमा बर्खे सतह पानी व्यवस्थापन र ढल प्रणालीलाई छुट्टाछुट्टै गर्ने, गुह्येश्वरीमा भएको तरल फोहोर प्रशोधनबाट उत्पादन भएको माटोजन्य फोहोर व्यवस्थापन गर्ने, कलंकी महाराजगञ्ज चक्रपथ विस्तारको कामलाई पूर्णता दिने, पर्व लक्षित यातायात सञ्चालनका सहज वातावरण बनाउने विषयमा छलफल भएको थियो ।
त्यस क्रममा सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरेले गएको बर्षहरुमा बर्खा र चाडविच २ महिनासम्मको अन्तर हुने गरेकोमा यस बर्ष पर्व आउञ्जेल पनि बर्खे झरी नसकिएकोले सडक मर्मत सम्भार तथा चिन्ह तथा रङ्ग लगाएर सुन्दरताका काम गर्न कठिन भएको उल्लेख गर्नुभयो । त्यसैगरी यातायात व्यवस्था विभागका निर्देशक ईश्वरीदत्त पनेरुले दशैँका लागि लामो दुरीका सवारी साधनको टिकट खुल्ला गरिसकिएको र असोज ५ गतेसम्ममा ३५ हजार टिकट विक्री भइसकेको जानकारी दिनुभयो । त्यसैगरी काठमाडौँका १५ ठाउँमा यात्रु सहायता कक्ष राखिएको, निश्चित अवधिका लागि क्यु फ्रि सवारी सञ्चालन प्रबन्ध गरिएको, काठमाडौँ आउने यात्रुवाहक सवारी साधनलाई रोकेर यात्रुबाहक सवारी साधनलाई सञ्चालन प्रबन्ध गरिएको जानकारी दिनुभयो ।
पूर्ण बैठकको भिडियो हेर्न तलको लिङ्क थिच्नुहोला https://www.youtube.com/watch?v=weu0toUwIW8
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App