वि.सं.: २०८२, मंसिर २३ मंगलबार
इ.स.: 2025 December 9,TUESDAY
वि.सं.: २०८२, मंसिर २३ मंगलबार
डवली संस्कृतिलाई पुनर्स्थापना गर्नेछौँ — उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, डवली संस्कृतिलाई पुनस्र्थापना गर्ने बताउनुभएको छ । विश्व पर्यटन दिवस २०२२ का अवसरमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘अमूर्त संस्कृतिको विस्तार गर्ने ठाउँ नै डवली हो । यसबाट प्रदर्शन हुने कलाले सहरलाई जीवन्त बनाउने मात्र होइन । विश्वभर परिचित पनि गराउँछ । त्यसैले हामी डवली पुनर्स्थापनाको सोचलाई पर्यटनसँग जोडेर बर्षभरि काम गर्नेछौँ ।’
कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा ८ का अध्यक्ष आशामान संगतले, जीवन्त सांस्कृतिक सहरलाई प्रवर्धन गरेर पर्यटन विस्तार गर्नुपर्ने बताउनुभयो । ‘महानगरका मौलिकता र यससँग जोडिएका संस्कृति, पर्यटकका रुचीकर छन् । यसलाई स्थानीयबासीको आय र जीविकोपार्जनसँग जोड्नुपर्छ ।’ संयोजक संगतको भनाइ थियो ।
दिवसको अवसर पारेर बसन्तपुरमा कला महोत्सव आयोजना गरियो । काठमाडौँको संस्कार, संस्कृति र जीवनसँग जोडिएका काठ, धातु, पत्थर र माटोका सामग्री प्रदर्शन तथा विक्रीका लागि राखिएका थिए । काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघका कार्यसमिति सदस्य चिरनरत्न शाक्यकाअनुसार, विक्रीका लागि राखिएका सामग्रीमा १ सय ५ं० रुपैयाँदेखि २ लाख ५० हजार मुल्य सम्मका थिए । आजको व्यापारबाट हामी उत्साहित छौँ । शाक्यले भन्नुभयो, सामग्री निर्माण कलालाई प्रत्यक्ष हेर्ने व्यवस्था मिलाएका थियौँ । यसमा आगन्तुकको विशेष रुची रह्यो ।
डवली संस्कृति प्रवर्धन गर्न सम्पदा तथा पर्यटन विभागले नारायण मन्दिर अगाडिको डवलीमा १ सय जना कलाकारको प्रस्तुति रहने अर्केष्ट्रा प्रदर्शन गरिरहेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App