Logo

शक्तिपीठ र सार्वजनिक स्थलको विशेष सरसफाईमा महानगर

शक्तिपीठ र सार्वजनिक स्थलको विशेष सरसफाईमा महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शक्तिपीठ, मठमन्दिरसहित मानिसहरुको चहलपहल हुने सार्वजनिक स्थलहरुको विशेष सरसफाई गरिरहेको छ । यसका लागि जनशक्ति, साधन तथा उपकरणको परिचालन गरिएको छ । 

महानगरको सरसफाइ तथा अनुगमन शाखा प्रमुख नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार नवमीका दिन विहान सहरबाट साना तथा मझौला गरी ६० ट्रिप फोहोर संकलन गरियो । ‘महानगरका नियमित काम रोकिएका छैनन् । अहिले शक्तिपीठहरुबाट धेरै फोहोर उत्पादन भएको छ ।’ भट्टको भनाइ छ । 

दशैँमा काठमाडौँ महानगरभित्र भएका भद्रकाली, मैतीदेवी, नक्साल, शोभा भगवती, तलेजु भवानीलगायतका पीठहरुमा भीड हुने गरेको छ ।    

 

 

  • प्रकाशित मिति: मंगलबार १८ असोज २०७९ १०:४६