वि.सं.: २०८३, कात्तिक ४ मंगलबार
इ.स.: 2026 October 20,TUESDAY
वि.सं.: २०८३, कात्तिक ४ मंगलबार
कार्तिक १३ गते सुरु हुने फेस्टिभल १५ गतेसम्म चल्नेछ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा सहयोग गर्न विभिन्न साझेदारसँग सहकार्य थालिएको छ । यस क्रममा फिल्म प्रदर्शन पार्टनरका रुपमा जय नेपाल सिनेमा, सवारी साधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि नेपालका लागि अमेरिकी दूताबास, अष्ट्रेलियन दूताबास, यूनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको छ ।
डिजिटल टिकेटिङ् पार्टनरका रुपमा हिमालय पेसँग, कार्यक्रम आयोजना हुने स्थलका लागि हनुमानढोका दरबार संग्रहालय विकास समिति, बौद्ध क्षेत्र विकास समिति र तारागाउँ नेक्स्ट म्युजियमसँग सहकार्य भएको छ । सम्पदा दौड (हेरिटेज रन) का लागि एनएसआर स्पोर्टस फाउन्डेसन (काठमाडौँ म्याराथन), आतिथ्यताका लागि होटल एशोसिएनसन (हान) र नेपाल पर्वतारोही संघ (माउन्टेरिङ एशोसिएसन)सँग, इभेन्ट म्यानेजमेन्टका लागि माब्रिक्स र आइएसएससँग सम्झौता भइसकेको छ ।
काठमाडौँ महानगरपालिकाको आयोजनामा कार्तिक १३, १४ र १५ गते फेस्टिभल अन्तर्गत बसन्तपुर, राष्ट्रिय सभा गृह, नेपाल पर्यटन बोर्ड, जय नेपाल सिनेमा र तारागाउँ नेक्स्ट म्युजियममा विभिन्न कार्यक्रम हुनेछन् । फेस्टिभलको शुभारम्भ १३ गते वसन्तपुरमा सम्पदा यात्राबाट हुनेछ । शुभारम्भ अवसरमा भिडियो च्यालेञ्जबाट छानिएको एउटा लघु चलचित्र र पुरानो चलचित्र सिन्दुरको खुला प्रदर्शन हुनेछ । जुद्ध शालिकदेखि अगाडि इन्द्रचोकसम्मको सडकमा प्रदर्शन हुने यी चलचित्र हेर्नका लागि महानगरपालिकाले सर्वसाधारण सबैलाई खुला आव्हान गरेको छ ।
फेस्टिभल अवधिमा सर्ट फिल्म भिडियो च्यालेञ्ज, नेपाल पानोरामा र इन्टरनेशनल पानोरामा अन्तर्गत ४० वटा चलचित्र प्रदर्शन गरिनेछन् । यस्तै महानगरपालिकाले आव्हान गरेको ‘युथ भिडियो च्यालेञ्ज’ का विजेताहरुलाई अवार्ड र ‘नेपाल पानोरमा’ बाट छानिएका लाई प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।
नेपाल पर्यटन बोर्डमा मास्टर क्लास र अन्तरक्रियात्मक संवादहरु सञ्चालन हुनेछन् ।
कार्तिक ८ गते आइतबार बसन्तपुरदेखि नरःदे (हाँडीगाउँ), पशुपतिनाथ क्षेत्रहुँदै वसन्तपुरसम्मको हेरिटेज रन आयोजना हुनेछ ।
नेपाली चलचित्र क्षेत्रको सम्मानका लागि दोस्रो दिन राष्ट्रिय सभा गृहमा रेड कार्पेट कार्यक्रम आयोजना हुनेछ ।
काठमाडौँ युनेस्को रचनात्मक सहर सञ्जालको सदस्य नगर हो । यसलाई विकास र विस्तार गर्न महानगरपालिकाले चलचित्र विधालाई समुदाय र शिक्षासँग जोडेर रचनात्मक उद्योगको प्रवर्धनको माध्यमका रुपमा विकास र विस्तार गरिरहेको छ । मौलिकता र स्थानीयपनलाई जोगाउँदै स्थानीय रचनात्मक उद्योगसँग पेशाकर्मी, संघसंस्था तथा महोत्सव आयोजकसँग जोड्ने काम भइरहेको छ ।
यस अन्तर्गत विभिन्न सञ्चालन भएका कार्यक्रममध्ये पहिलो संस्करणमा ‘टोलटोलमा फ्लिम फेस्टिभल’ सम्पन्न भइसकेको छ । काठमाडौँ फिल्म फेस्टिभल अन्तर्गत इलिफेन्टस इन द फगको विशेष प्रदर्शनसँग चलचित्रको टीमसँग फिल्म अध्ययन गरिरहेको विद्यार्थीहरुको अन्तरक्रिया सम्पन्न भइसकेको छ ।
महानगरपालिकाले रचनात्मक उद्योगका साझेदार, पेशाकर्मी तथा विज्ञहरुसँग सहकार्य गरेर फेस्टिभलमार्फत रचनात्मक उद्योगको विकास र नवप्रवर्तनमा काम गरिरहेको हो । यसबाट स्थानीय अर्थतन्त्रको विकासमा नतिजा प्राप्त हुने अपेक्षा छ । विद्यार्थी, समुदाय र पेशाकर्मीलाई चलचित्रप्रति रुचि जगाउन, चलचित्र संवादमार्फत शिक्षा, सूचना र सन्देशका विषय जोडिने आशा राखेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App