वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
उपप्रमुख डंगोलसँग युनेस्कोका नेपाल प्रतिनिधि माइकलको भेट : क्रियटिभ सहर सम्बन्धी कुराकानी
काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का नेपाल प्रतिनिधि माइकल क्रफ्टले काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग भेट गरेर क्रिएटिभ सिटीजमा आवद्धताका लागि अनुरोध गर्नुभएको छ । उपप्रमुखसँगको भेटका लागि आउनु भएका माइकलले आज महानगरको सभा कक्षमा उपप्रमुखलाई भेट गर्नुभएको हो ।
भेटका क्रममा रचनात्मक सहरहरुमा काठमाडौँ विशेषताका विषयमा कुराकानी भएको थियो । यसलाई रचनात्मक सहरको सदस्यका रुपमा देख्न सकिने, रचनात्मक उद्योगमा अन्तरराष्ट्रिय साझेदारी स्थापनाको अवसर लिने विषय भेटको मुख्य विषय थियो ।
यस क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘काठमाडौँको जात्रा, पर्व र यससँग सम्बन्धित खानपानले संस्कार र सामाजिक जीवनसँगै बिज्ञान, स्वास्थ्य र वातावरणीय सम्बन्धको प्रतिनिधित्व गर्छ । काठमाडौँ सांस्कृतिक सहर हो । यसको गरिमा प्रवर्धन गर्ने विषयलाई हामीले नीति बनाएका छौँ । रचनात्मक सहरको सदस्यका रुपमा आवद्धता हुने विषयलाई हामी आन्तरिक छलफलपछि निर्णय लिन्छौँ ।’
भन्नु पर्ने, सुनाउनु पर्ने र बाँड्नु पर्ने कुरा काठमाडौँसँग धेरै छन् । हामी यी सम्पत्ति प्रवर्धन गर्न सक्छौँ । उपप्रमुखको भनाइ थियो ।
काठमाडौँ यस अघि नै रचनात्मक सहर हो । यससँग त्यस्ता धेरै विशेषता छन् । कुराकानीका क्रममा माइकलले भन्नुभयो, काठमाडौँसँग सम्बन्धित रुचीकर कथाहरु धेरै छन् । ती कथा सुनाउनु पर्छ । यसले सहरको रचनात्मकतालाई बढाउँछ ।
फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्न भिन्न सहरलाईलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोणको अपेक्षा गरिएको छ । एउटा रचनात्मक सहरमा समावेशी समाज, सृजनात्मक अर्थतन्त्र, मानव विकास, सामाजिक सद्भाव, प्राविधिक आविष्कार, वैज्ञानिक विकास दृष्टिकोण जस्ता विषय चलायमान हुन्छन् ।
रचनात्मक सहरका लागि युनेस्कोले ७ वटा विषय दिएको छ । यीमध्ये सञ्जालमा जोडिन चाहने सहरले शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विषय छान्नुपर्छ ।
यसबाट सहरहरुलाई अन्तरराष्ट्रिय सहयोग बलियो हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योगलाई बलियो बनाउने उद्देश्य राखिएको छ ।
अहिले यस सञ्जालमा विश्वभरका २४६ वटा सहर जोडिएका छन् । यसमा संस्कृति र रचनात्मकतालाई दिगो सहरी विकासको रणनीतिका रुपमा लिने गरिन्छ ।
उपत्यकाका काठमाडौँसहित ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिका यसमा आवद्ध हुने युनेस्कोको अपेक्षा छ ।
दक्षिण एशियाली मुलुकहरुमध्ये भारतको जयपुर र श्रीनगर शिल्प र लोक कलाको सहर, वाराणसी र चेन्नई संगीतको सहर, लाहोर साहित्यको सहर र मुम्बई चलचित्रको सहरका रुपमा विकास हुँदैछन् ।
यसमा आवद्ध हुन पालिकाबाट निर्णय हुन जरुरी हुन्छ । निर्णयपछि व्यवस्थापन केन्द्र स्थापना गर्नु, सरोकारवालाको पहिचान गर्नु, सरोकारवालाविच परामर्श समूह बनाउनु, विषय र रचनात्मक सम्पत्तिको म्यापिङ् तयार गर्नुजस्ता काम गर्नुपर्छ ।
यसपछि ४ बर्षे कार्ययोजना र रणनीतिको मस्यौदा तयार पार्नुपर्छ । विषयसँग सम्बन्धित राष्ट्रिय व्यवसायिक संघहरुबाट समर्थन प्राप्त गरेपछि यो प्रस्ताव युनेस्कोको राष्ट्रिय आयोगबाट अनुमोदन हुन्छ ।
भेटका क्रममा महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ, उपनिर्देशक सृजु प्रधानसहित माइकलको टोली सहभागी थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App