वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
कुखुरा बोक्ने खोरमा मासु ढुवानी : अनुगमन टोलीबाट विक्रीमा रोक
काठमाडौँ । जिउँदो कुखुरा बोक्न खोर बनाइएको गाडीमा कुखुराको मासु ढुवानी हुने गरेको पाईएको छ । आज काठमाडौँ महानगरको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा ढुवानीकै क्रममा गाडी भेटेको हो । प्र. ३ — ०१, ०२३ च २३८७ नंं को दोलखाली कोल्ड स्टोरको गाडीमा २ सय वटा भुत्ला फालिएका सिङ्गै कुखुरा थिए । चालक भुवन गुरुङ्काअनुसार गाडीमा मासुबाहेक २५ किलो कुखुराको टाउको, १० किलो कलेजो र ७ केजी पाङ्ग्रा थिए । टाउको, पाङ्ग्रा र कलेजो क्यारेटमा राखिएको थियो । मासुजन्य खाद्य बस्तुका रुपमा प्रयोग हुने यी मासुजन्य खाद्यबस्तु खुल्ला र असुरक्षित देखिन्थ्यो ।
पक्राउ परेपछि गुरुङ्ले, उनका साहु कुवीर सुनारलाई बोलाए । थाहा पाएको करिव २० मिनेटपछि सुनार त्यहाँ आइपुगे ।
अनुगमन टोलीले अस्वस्थ्यकर ढुवानीका विषयमा सोधेको प्रश्नको उत्तरमा सुनारले, आफूसँग कोल्डचेन मेन्टेन भएको गाडी भएको, हिजोसम्म त्यही गाडीमा ढुवानी गर्ने गरिएको, हिजो नै गाडी दुर्घटनामा परेकोले आज यसरी ढुवानी गर्नुृपरेको बाध्यता सुनाउँदै आफूलाई बचाउन खोजे ।
सुनारकाअनुसार कपनको दोलखाली फ्रेस हाउसबाट लगिएको यो मासु होटल, रेष्टुरेन्ट, मासु पसल र केही बर्गर हाउसमा वितरण गर्ने तयारी थियो ।
अनुगमन टोलीका संयोजक डा. अवधेश झाकाअनुसार यसरी भेटिएको मासु विक्रीमा रोक लगाइएको छ । महानगरले पशु सेवा विभागलाई पत्राचार गरेर परीक्षण गराउँछ । यसबाट मासुको स्वच्छता देखिएको अवस्थाका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइनेछ ।
आज नै चावहिल क्षेत्रका मिठाई पसलहरुको पनि अनुगमन गरिएको छ । अन्य ठाउँमा जस्तै यी ठाउँका पसलमा पनि भान्छा फोहोर हुने, म्याद सकिएका रङ्गको प्रयोग गर्ने, फ्रिज सफा नगर्ने, व्यक्तिगत सफाईमा ध्यान नदिने जस्ता समस्या देखिएका छन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App