वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
रातको समयमा अनधिकृत फोहोर फाल्नेमाथि महानगरको निगरानी : ३ महिनामा ४ लाख रुपैयाँ जरिवाना असुल
काठमाडौँ । अनधिकृत फोहोर फाल्नेहरुलाई गरिएको कारवाहीका क्रममा काठमाडौँ महानगरपालिकाले ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको छ । रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति तथा व्यवसायी तथा संस्थाका प्रतिनिधिहरुलाई पक्राउ गरी जरिवाना गरिएको हो । वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिनुभयो ।
फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसाँ जरिवाना रकम तोक्ने गरिएको छ । जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्नुहुन्छ भने कति व्यक्तिहरु जरिवाना तिर्नु नपर्ने अडान लिनुहुन्छ । भट्ट भन्नुहुन्छ, ‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन् । कतिपयले आफ्नो फोहोर फाल्न अरुलाई प्रयोग गरेका छन् । कतिपय विद्यार्थीहरुले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनु परेको बताउने गरेका छन् ।’ कारवाहीमा परेका व्यक्ति तथा संस्थाका विषयमा जानकारी दिँदै उहाँले, ‘पक्राउ परेपछि कतिपयले गल्ती महसुस गर्ने गरेको । कतिले आफूले गरेको काम सही भएको दावी गरेको अवस्था सुनाउनुभयो । यसरी फोहोर फाल्ने कतिले हातमा बोकेर थोरै मात्रा लिएर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेका छन् ।
अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टोली हरेक दिन बेलुकाबाटै खटिने गरेको छ । एक दिनमा ५ जनाको टोली खटिन्छ ।
काठमाडौँ महानगरले फोहोर फालेका कारण कारवाही गर्नु पर्ने अवस्था नआओस् भन्ने चाहना बताउँदै आएको छ । घरमा कुहिने र नकुहिने फोहोर बर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न महानगरको अनुरोध छ । यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारवाही गर्ने गरिएको अनुगमन टोलीले बताएको छ ।
तस्विर : कृष्ण कट्टेल
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App