वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
इ.स.: 2025 October 28,TUESDAY
वि.सं.: २०८२, कात्तिक ११ मंगलबार
डवली पुनरुत्थान लागि दशअवतार डवलीमा खुल्ला चित्रकला
काठमाडौँ । बालबालिकालाई जनस्वास्थ्य, वातावरण र डवली पुनरुत्थान सम्बन्धी व्यवहारिक दिन बसन्तपुरको दशअवतार डवलीमा खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । जनस्वास्थ्य तथा वातावरण संस्था (एन्फो) ले काठमाडौँ महानगरपालिकाको डवली पुनरुत्थान कार्यक्रम कार्यक्रमसँगको सहकार्य, युएसएआइडी नेपाल, एफएचआई ३६० सँगको साझेदारीमा आयोजना गरेको प्रतियोगितामा विभिन्न उमेर समूहका ६१ जना बालबालिकाले भाग लिएका थिए । प्रतियोगिताका लागि ६ देखि १२ बर्ष, १३ देखि १७ बर्ष र १८ बर्षमाथि गरेर ३ समूह बनाइएको थियो । प्रतियोगितामा हरेक उमेर समूहबाट पहिलो, दोस्रो र तेस्रो हुने बालबालिकालाई महानगरकी उपप्रमुख सुनिता डंगोलले ट्रफी र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
डवलीमा कुर्सीको सट्टा गुन्द्री र सुकुल राखेर अतिथिहरुलाई भुँइँमा पलेँटी कसेर बस्न लगाएर कार्यक्रम सञ्चालन गरिएको थियो । चित्रकलाका लागि बालबालिकालाई जनस्वास्थ्य र वातावरण शीर्षक दिइएको थियो ।
प्रतियोगिता समापन अवसरमा उपप्रमुख डंगोलले, प्रतियोगिता डवलीमा सञ्चालन हुनुले डवली पुनरुत्थान कार्यक्रमलाई सघाउ पु¥याएको धारणा राख्नुभयो । बालबालिकालाई संस्कृति सम्बन्धी व्यवहारिक ज्ञान दिन सकियो भने यसको पुस्तारन्तरणमा बलियो योगदान हुन सक्छ । उहाँले भन्नुभयो, ‘डवली संस्कार, संस्कृति र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएकोले यसलाई बचाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौँ ।’
महानगरको सम्पदा तथा पर्यटन विभागका उपनिर्देशक सृजु प्रधानकाअनुसार प्रतियोगितामा सामुदायिक, संस्थागत र खुल्ला रुपमा आएका विद्यार्थीहरुले आफ्ना भावना चित्र र शव्दमार्फत व्यक्त गर्नुभएको थियो ।
हामीले डवलीको पुनरुत्थानमा सहयोग पुगोस् भनेर यहाँ बालबालिका भेला गराएर प्रतियोगिता गरेका हौँ । यो थाइल्याण्डमा आयोजना हुने प्रिन्स माहिडोल अवार्डका लागि हो । यस प्रतियोगितामा सहभागी हुन नसकेका कोही बालबालिकाले घरमै बसेर चित्र बनाएर प्रतियोगितामा आफ्नो सिर्जना पठाउन सक्नुहुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App