वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
पर्वका समयमा काठमाडौँ महानगरपालिकाका अत्यावश्यक सेवाका काम नियमित हुने — प्रमुख प्रशासकीय अधिकृत अधिकारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दमकल सेवा, सरसफाई, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटीकाका दिन साधारणका लागि रानीपोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय प्रमुखहरुसँग बैठक गर्दै अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर सञ्चालन गर्ने बताउनुभयो ।
पर्व विदाका समयमा कार्यालयको भौतिक सुरक्षा र अत्यावश्यक सेवाका काम रोक्न मिल्दैन । यसलाई नियमित गरौँ । उहाँले भन्नुभयो, ‘पर्वपछाडि हामीले धेरै काम गर्नुपर्नेछ । त्यसैले कसैले पनि विदामा बस्ने सोच नबनाउनुहोला ।’
बैठकमा सामुदायिक शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन डिजिटल एण्ड वियोन्डसँग गरिएको सम्झौता, महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधाको सहजीकरणका लागि वियोन्डका दायित्वका विषयमा जानकारी गराइएको थियो ।
यसैगरी कर्मचारी स्वास्थ्य वीमालेखका विषयमा छलफल भएको थियो । जोखिममा काम गर्ने कर्मचारीहरुलाई प्राथमिकतामा राखेर गरिने स्वास्थ्य वीमालेखअन्तर्गत दुर्घटना वीमा, महामारीजन्य वीमा, ठूला रोगका लागि गरिने वीमा, सामान्य उपचारका लागि गरिने खर्च सम्बन्धी वीमा, अस्पताल भर्ना हुनु नपर्ने तर महङ्गो शुल्क तिरेर गरिने उपचार पद्धतिका लागि गरिने वीमा जस्ता विषयमा छलफल भएको थियो ।
यस अघि विदामा रहनु भएका सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालसँग बैठकमा कार्यसम्पादन सम्झौता भएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App