वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
छठ पर्व विशेष महानगरको सरसफाईमा साधन र उपकरणको प्रयोग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छठ पर्व विशेष सरसफाई गरिरहेको छ । सूर्य उपासनासँग सम्बन्धित तराईमा धुमधामसँग मनाइने यो पर्व पछिल्ला बर्षहरुमा पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । यससँगै काठमाडौँका कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र विहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन् । श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाई गरेको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो ।
‘हिजो हामीले कमलपोखरीबाट ४ ट्रक, टंकेश्वरीबाट २ ट्रक, गुह्येश्वरीबाट ४ ट्रक फोहोर संकलन ग¥यौँ । यसका लागि जनशक्ति, साधन र उपकरण प्रयोग गरेका छौँ ।’ राईले भन्नुभयो, ‘टंकेश्वरीमा नदी भित्रको फोहोर निकाल्न डोजर लैजाने प्रयास भइरहेको छ ।’
ब्रतालुहरुले जलाशयमा अर्घ दिन जाँदा फलफुल, मिठाईलगायत प्रसाद लैजाने, जलाशयहरुको सजावटबाट फोहोर निस्कने भएकोले ब्रत सकिए पनि सफाईको काम सकिदैँन । हामी पर्व सकिए पनि सफाईलाई निरन्तरता दिनेछौँ । विभागीय प्रमुख राईको भनाइ छ । पोखरी र नदी किनाराबाट मात्र कति फोहोर संकलन भयो भन्न कठिन छ । भर्खर तिहार सकिएकोले यससँग सम्बन्धित फोहोर पनि मिसिएकोले भन्न कठिन भएको हो, फोहोरको परिमाणका विषयमा राईको जवाफ छ ।
सरसफाईका लागि महानगर र निजी संघ संस्थाका सफाईकर्मीसँगै नगर प्रहरी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु खटिएका छन् । यस क्रममा घाँस काट्ने, झार उखेल्ने, फोहोर संकलन गर्ने, ढुवानी गर्नेलगायत काम भइरहेका छन् ।
वातावरण तथा कृषि विभागले गरेको कामको निरीक्षणका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी कमलपोखरीलगायत स्थानमा पुग्नुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App