वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
महानगरका प्रमुख र उपप्रमुखबाट राष्ट्रपतिलाई कमलपोखरीमा स्वागत
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले कमलपोखरीमा स्वागत गर्नुभएको छ । छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन कमलपोखरीमा आउनुभएकी राष्ट्रपतिलाई उहाँहरुले स्वागत गर्नुभएको हो । कमलपोखरी आउनुअघि राष्ट्रपति भण्डारी गौरीघाट पुगेर त्यहाँको सजावट अवलोकन तथा छठी माताको पूजा आराधना गर्नुभएको थियो ।
काठमाडौँका गुह्येश्वरी, कमलपोखरीसहित नागपोखरी, टंकेश्वर, शंखमुल, बालाजुलगायत स्थानका रहेका जलाशयहरुमा श्रद्धालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिनुभएको छ । यसरी अघ्र्य दिइने ठाउँहरुमा विशेष सजावट गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथलीस्थित बागमती नदी किनारामा पुगेर पूजा गर्नुभएको थियो ।
भोलि विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस बर्षको छठ पर्व सकिन्छ । यस अवसरमा आज सार्वजनिक विदा दिइएको थियो । पर्वपछाडि भोलिदेखि सरकारी कार्यालयहरु खुल्दैछन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App