वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
उपप्रमुख डंगोलसँग इजरायलका राजदूत गोडेरको शिष्टाचार भेट
काठमाडौं । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन अनुरोध गर्नुभएको छ । आज शिष्टाचार भेटका लागि महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा आउनुभएका राजदूत गोडेरले यस्तो अनुरोध गर्नुभएको हो ।
तपाईँहरुले कुनै ठाउँ सोच्नु भएको छ? उपप्रमुखको प्रश्नको जवाफमा राजदुतले, वडा ३, ४ वा ८ का कुनै ठाउँ भए हुने बताउनुभयो ।
‘काठमाडौँ महानगरले सार्वजनिक जग्गाको संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धनलाई नीतिका रुपमा लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ । दूताबासको प्रस्ताव हाम्रा कार्यक्रमसँग मिल्ने खालका छन् । हामी सहकार्यका लागि स्वागत गर्न चाहन्छौँ ।’ भेटका क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘हामी सामुदायिक शिक्षाको स्तर सुधार गर्ने कार्यक्रममा छौँ । विद्यार्थीहरुलाई जीवनउपयोगी सीप सिकाउने यसको एउटा क्षेत्र हो । दूताबासले शिक्षक तालिम सञ्चालन गरिरहेको हामीलाई जानकारी छ । यस क्षेत्रमा पनि हाम्रो सहकार्य हुन सक्छ ।’
भेटका क्रममा राजदूत गोडेरले, यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको बताउँदै यस पटक सहरी स्वास्थ्यका लागि खुल्ला व्यायामशाला बनाउने कार्यक्रम सफल हुनेमा विश्वाश व्यक्त गर्नुभयो । इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो ।
यसअघि तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यसँग नेपालका लागि इजरायलका राजदूत वेनी ओमरले भेट गरेर आपसी हितका कुरा गर्नुभएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App