वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
अनगुमनलाई निरन्तरता दिन विगतका उपलब्धीलाई सिकाईका रुपमा ग्रहण गरौँ — उपप्रमुख डंगोल
काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले पर्वलक्षित अनुगमनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै स्वच्छ बजारका लागि अनुगमनलाई नियमित गरिने बताउनुभएको छ । आज बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकको अध्यक्षता गर्दै उपप्रमुख डंगोलले यस्तो बताउनुभएको हो । ‘सामानको मूल्य, गुणस्तर र स्वच्छताप्रति उपभोक्ता र व्यवसायी आफैँमा पनि जागरुकता आएको छ । यो ठूलो उपलब्धी हो ।’
अनुचित व्यापारिक क्रियाकलाप रोक्नु र स्वच्छ बजारका लागि सचेतना वृद्धि गर्नु अनुगमनको मुख्य लक्ष्य हो । अब सचेतनाका कार्यक्रमलाई पनि सँगै लिएर जानुपर्छ । डंगोलको भनाइ थियो ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले औषधिजन्य बस्तुको मूल्य, उपभोग्य मिति, मिश्रण, विक्रेताको अनुमतिलगायतका विषयमा धेरै गुनासो रहेको उल्लेख गर्नुभयो । ‘ औषधि बेच्ने प्रमाण पत्र एउटाले लिने । प्रमाण पत्र लिएपछि ऊ प्रमुख कार्यकारी हुने त्यसपछि प्रमाण पत्र नभएका व्यक्ति राखेर औषधि बेच्ने गरेको गुनासो धेरै छ । मूल्य अत्याधिक चर्को छ । अनुगमनबाट यथार्थ चित्र लिएर आउनु पर्छ ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ थियो । अबको अनुगमन कार्ययोजनासहितको हुने उहाँको भनाइ थियो ।
बैठकमा खाद्य पदार्थ नियमन तथा पशुपंक्षी महाशाखाका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाले पर्वलक्षित अनुगमन सम्बन्धी विवरण अद्यावधिक गराउनुभएको थियो ।
यसपछि हुने अनुगमनको प्रगति हरेक महिना निरीक्षण अधिकृतले समितिको बैठकमा पेश गर्नु पर्ने निर्णय भएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App