वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
सडक सुरक्षाका लागि पूर्व तयारी र खोज तथा उद्धार कार्यलाई समान प्राथमिकतामा राख्नुपर्छ — उपप्रमुख डंगोल
काठमाडौँ । सडक सुरक्षा कार्यक्रमअन्तर्गत जोखिम व्यवस्थापन पूर्व तयारीसँगै खोज तथा उद्धारलाई समान प्राथमिकता दिएर काम गर्नुपर्ने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । अग्नि नियन्त्रकका लागि जुद्ध बारुण यन्त्र कार्यालय, नयाँ सडकमा सञ्चालन गरिएको २ दिने सडक सुरक्षा तालिमको समापन अवसरमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र दिँदै उहाँले यस्तो बताउनुभएको हो । ‘सडक दुर्घटना व्यवस्थापन गर्न केही सीप र दक्षता आवश्यक पर्छ । यसो हुन सकेन भने बचाउन सकिने जन र धनको रोक्न सकिँदैन । सीप नहुँदा जोखिममा रहेको ज्यान जान पनि सक्छ । यस कोणबाट तालिमको ठूलो महत्व रहनेछ ।’ उहाँले भन्नुभयो, ‘दुर्घटनामा परेका मानिसको कुशलतापूर्वक जीवन रक्षा हुनु तालिमको नतिजा हुनेछ ।’
समापन कार्यक्रममा बोल्दै सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले, अन्तर सरकार सहकार्यबाट नतिजामुलक काम गर्ने योजना रहेको बताउनुभयो । नीति पैरवी र क्षमता विकास कार्यक्रमबाट परिषदले काम थालेको उहाँको भनाइ थियो । त्यसै गरी रोटरी क्लव अफ दरबारमार्गका अध्यक्ष एकनारायण ढकालले, मानवीय सुरक्षा र सवेदनशीलताका लागि सहकार्यका लागि आफ्नो जिम्मेवारी पूरा गराउनुभयो ।
काठमाडौँ महानगरसँगको सहकार्यमा सडक सुरक्षा परिषद, सडक सुरक्षा समाज र रोटरी क्लव अफ दरबारमार्गले आयोजना गरेको तालिमका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, विश्व स्वास्थ्य संगठन नेपाल, नेपाल इन्ज्युरी रिसर्च नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टरले सहयोग गरेका थिए । यसमा काठमाडौँ उपत्यकाका पालिकाहरुबाट ४० जना अग्नि नियन्त्रक सहभागी हुनुहुन्थ्यो । अग्नि नियन्त्रक नभएका पालिकाहरुबाट पर्यवेक्षक÷अवलोकनकर्ताका रुपमा सहभागी गराइएको थियो । तालिममा ग्रेटर मेनचेस्टर फायर एण्ड रेस्क्यु सर्भिस, वेलायतबाट रोवट व्रिटल्स र जन्सन स्नुहामले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा दुर्घटना र मानवीयताको कोण, घटनास्थलमा पुग्ने र अवस्थाको विश्लेषण गर्ने, सवारीको अवस्था र त्यसलाई स्थित बनाउने तरिका, खोज, उद्धारका लागि भौतिक साधन तथा उपकरणको व्यवस्थापन, अन्य जोखिम भए त्यसलाई घटाउने वा हटाउने, उद्धार कार्यको समाप्तिलगायत विषय समावेश छन् । तालिमका क्रममा सैद्धान्तिक ज्ञानसहित व्यवहारिक सीपका लागि प्रयोगात्मक कक्षा सञ्चालन भएका थिए ।
विश्व बैङ्कले गरेको अध्ययनअनुसार नेपालमा सडक दुर्घटनाबाट राष्ट्रिय उत्पादनको १.५ प्रतिशत आर्थिक क्षति व्यहार्नु परेको छ । नेपाल दक्षिण एशियाली मुलुकहरुमा सडक दुर्घटनाबाट जनधनको उच्च क्षति हुने देशमध्येको एक हो । दुर्घटनाबाट ज्यान जाने, अङ्गभङ्ग हुने लगायतका क्षति हुन्छन् । सडक प्रयोगकर्तामध्ये पैदलयात्री, साइकलयात्री र मोटरसाइकल यात्री सडक दुर्घटनाको सबैभन्दा जोखिममा पर्ने गरेका छन् । सन् २०३० सम्ममा पूरा गर्नु पर्ने दिगो विकास लक्ष्यमा सडक दुर्घटनालाई आधा घटाउनु पर्ने सूचक छ ।
तस्विर : विश्व शाक्य
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App