वि.सं.: २०८२, फागुन ६ बुधबार
इ.स.: 2026 February 18,WEDNESDAY
वि.सं.: २०८२, फागुन ६ बुधबार
हाइटेन्सन लाइनका लागि जोखिम भएका रुखका हाँगा हटाउन थालियो
काठमाडौँ । विद्युत प्राधिकरणबाट सभा गृह हुँदै पदमोदय मोडसम्म हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको छ । विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध बारुण यन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको छ ।
हाइटेन्सन लाइनमा रुखका हाँगाले छोएर विद्युत अवरोध भएको उल्लेख गर्दै प्राधिकरणबाट अनुरोध आयो । त्यसपछि काम थालिएको हो । बारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डितकाअनुसार हामीले जोखिमपूर्ण हाँगाहरु काटेर हटाएका छौँ ।
काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको छ । विभागका प्रमुख सरिता राई भन्नुहुन्छ, यो जैविक फोहोर हो । यसलाई पुनःप्रयोग गर्छौँ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App