वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
जोखिम नक्साङ्कनको काम तत्काल थालनी गर्नू — उपप्रमुख डगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद व्यवस्थापन विभागका अधिकारीहरुलाई जोखिम नक्साङ्कनको काम तत्काल थालनी गर्न आग्रह गर्नुभएको छ । आज उहाँकै कार्यकक्षमा विभागको जिम्मेवारीमा परेका काम र त्यसको प्रगतिका विषयमा जानकारी लिँदै यस्तो आग्रह गर्नुभएको हो । सहरको अवस्था र विशेषता जान्नका लागि जोखिम अवस्थाको सूचना प्राथमिक सूचक हो । यसका विषयमा हामीलाई थाहा हुनुपर्छ । उहाँको भनाइ थियो ।
‘सहरमा रहेका पेट्रोल पम्पहरु र ग्याँस डिपोहरु सम्भावित ठूलो दुर्घटनाको माध्यम बन्न सक्छन् । यी सामग्री भण्डारण तथा वितरणका लागि मापदण्ड आवश्यक छ । अहिले पम्प र डिपो आसपासका नागरिक सम्भावित विपदको त्रासमा छन् ।’ उहाँले भन्नुभयो, ‘वडास्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय पारेर समुदायस्तरीय क्षमता विकास, सचेतना र सहभागिताका कार्यक्रमलाई बढाउनुपर्छ ।’
‘विपद व्यवस्थापन, खोज तथा उद्धारमा प्रयोग हुने ४८ प्रकारका सामग्री विभागमा छन् । ती सामग्री वडाहरुमा वितरण गर्ने तयारी छ ।’ विभागका प्रमुख रविनमा श्रेष्ठले विभागबाट सम्पादन भइरहेका काम र जनशक्ति व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको थियो ।
छलफलमा काठमाडौँ महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र, (एमईओसी) को कार्यस्थललाई व्यवस्थापन गर्ने, अग्नि नियन्त्रणका लागि बालाजु स्टेशन सञ्चालनमा ल्याउने, रामहिटी स्टेशनमा तालिमका कार्यक्रम बढाउने, भित्री सहरी क्षेत्रमा टेकाले अड्याइएका घरहरुको जोखिम व्यवस्थापन गर्ने, दमकल जान नसक्ने गल्लीहरुमा फायर हाइड्रेन्डको नक्साङ्कन र लागतअनुमान तयार पार्नेलगायतलगायत कामका विषय थिए ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App