वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
इ.स.: 2025 October 30,THRUSDAY
वि.सं.: २०८२, कात्तिक १३ बिहीबार
बबरमहलमा काठमाडौँ महानगरपालिकाको सहायता कक्ष स्थापना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले ववरमहलमा रहेका विभागहरुका लागि राजस्व सहायता कक्षको शुभारम्भ गर्नुभएको छ । महानगरले बबरमहलबाट प्रसुति गृहतर्फ जाने सडकको किनारामा सञ्चालन गरेको कार्यालय भवनको भुईँ तलामा कक्ष राखिएको छ । कक्षबाट राजस्वसँगै यस भवनमा रहेका भवन इजाजत, सार्वजनिक निर्माण र राजस्व गरी ३ वटा विभागका कामको प्रक्रिया, राजस्व, शुल्क तथा कर दस्तुर, सम्पर्क गर्नु पर्ने अधिकारी, कामका लागि लाग्ने समयलगायत आवश्यक जानकारी दिइनेछ ।
कक्षको शुभारम्भ गर्दै उपप्रमुख डंगोलले, सेवाका लागि नागरिक र महानगरको भेट हुने पहिलो स्थान स्थापना भएको बताउनुभयो । ‘अब सेवा लिन आउने नागरिकले जानकारी अभावमा कोठा कोठा घुम्नु पर्दैन । यसबाट सेवाग्राहीको सेवामा सहजता हुनेछ । समयको बचत हुनेछ ।’ उहाँको भनाइ थियो ।
त्यस क्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले सेवाग्राहीले महानगरसँग गर्ने अपेक्षाका विषयमा सेवाग्राहीसँग कुराकानी गर्नुभएको थियो । त्यस क्रममा सेवाग्राहीले सहायता कक्ष सेवा सहजताका लागि प्रभावकारी हुने आशा व्यक्त गर्नुभयो ।
यो प्रयासबाट राजस्व प्रशासनमा चुस्तता आउनेछ । कर तिर्न आउने करदाताले करमैत्री वातावरण प्राप्त गर्नुहुनेछ । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीको भनाइ थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App