वि.सं.: २०८२, मंसिर २९ सोमबार
इ.स.: 2025 December 15,MONDAY
वि.सं.: २०८२, मंसिर २९ सोमबार
महानगर दिवसका कार्यक्रम उपसमितिहरुबाट मुल समारोहमा पेश
काठमाडौँ । मंसिर २९ गते हुने काठमाडौँ महानगरपालिकाको २८ औँ वार्षिकोत्सवलाई सप्ताहव्यापी रुपमा मनाउन उपसमितिहरुले प्रस्ताव गरेका छन् । आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख एवं महानगर दिवस मुल समारोह समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको मुल समारोह समितिको बैठकमा उपसमितिका संयोजकहरुबाट सप्ताहव्यापी कार्यक्रम पेश गरिएको हो । दिवसमा नागरिकहरुलाई सहभागी गराउन कमलाक्षीदेखि बसन्तपुर, जयबागेश्वरी, हाँडीगाउँ, स्वयम्भू, बसन्तपुरलगायतका ठाउँमा कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रम प्रस्ताव गर्दा आम नागरिक, सरोकारवाला तथा विकास साझेदार, विद्यालयका विद्यार्थी र शिक्षक, जनप्रतिनिधि र कर्मचारी सबैको सहभागिता सुनिश्चित गर्न प्रयास गरिएको छ ।
प्रस्तावित कार्यक्रमहरुमा अनलाइन सेवाग्राही सर्वेक्षण, सार्वजनिक स्थल, सरकारी तथा सार्वजनिक कार्यालय, सम्पदा क्षेत्र, वडा कार्यालयसँगै नदीको विशेष सरसफाईलगायत छन् ।
खेलकुदमा मेयर ११ र प्रमुख प्रशासकीय अधिकृत ११ समूहविच मैत्रीपूर्ण फुटबल, महिला कर्मचारी र महिला जनप्रतिनिधिविच कुर्सी दौड प्रतियोगिता, विद्यालयका विद्यार्थी स्तरीय चित्रकला र निवन्ध लेखन तथा शिक्षक स्तरीय हाजिरी जवाफ प्रतियोगिता छन् । युवाहरुलाई परम्परागत बाद्यबादनमा प्रोत्साहन गर्ने उद्देश्यले धिमे बाजा प्रतियोगिता, सम्पदा महसुस यात्राको अनुभवलाई भिडियोमा प्रदर्शन गर्ने उत्कृष्टलाई पुरस्कार, सम्पदा पदमार्गलगायत कार्यक्रम सञ्चालन गर्ने प्रस्तावहरुमा उल्लेख छ ।
महानगरको प्रतिष्ठा र गौरवसँग जोडिएका तस्विर तथा चित्रहरुको प्रतियोगितात्मक प्रदर्शनीका लागि फोटोग्राफर तथा चित्रकारहरुलाई आव्हान गर्ने कार्यक्रम पनि प्रस्ताव गरिएको छ ।
सम्मानतर्फ परम्परागत बाजा गुरुहरुको सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, स्थानीय सेवा गौरव पदक वितरण, करदाता सम्मान, कर्मचारी सम्मान, सुशासन पत्रकारिता पुरस्कार वितरणलगायत प्रस्तावित छन् ।
अभियानहरुमा बायु प्रदुषण नियन्त्रण थालनी लगायत कार्यक्रम समेटिएका छन् ।
गएको कार्तिक २९ गते बसेको महानगरको १० औँ कार्यपालिका बैठकले प्रमुख शाहको संयोजकत्वमा १८७ सदस्यीय मुल समारोह समिति गठन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहनुभएको यस समितिमा उपप्रमुख, कार्यपालिकाका सबै सदस्य, वडा सदस्य र विभागीय प्रमुखहरु सदस्य हुनुहुन्छ ।
यही बैठकले १० वटा उपसमिति गठन गरेको थियो । यी उपसमितिको सदस्य सचिवको काम सम्बन्धित विभागका प्रमुखहरुलाई दिइएको छ ।
प्रवक्ता एवं वडा १७ का अध्यक्ष नविन मानन्धरको संयोजकत्वमा जनप्रतिनिधि, पत्रकार तथा समाजका लब्ध प्रतिष्ठित व्यक्ति सम्मान तथा पुरस्कार छनौट उपसमिति, प्रचार प्रसार एवं प्रतिवेदन उपसमिति र कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति गरी ३ वटा उपसमिति छन् ।
कर्मचारी पुरस्कार तथा सम्मान उपसमितिको संयोजक प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, सांस्कृतिक तथा सम्पदा उपसमितिको संयोजक वडा ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, अतिथि सत्कार तथा निमन्त्रणा उपसमितिको संयोजक वडा ११ का अध्यक्ष एवं भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकार हुनुहुन्छ । खेलकुद तथा इभेन्ट सञ्चालन उपसमितिको संयोजक वडा १० का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी., सरसफाई तथा साजसज्जा उपसमितिको संयोजकमा वडा १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकुष्ण महर्जन हुनुहुन्छ । राजस्व पुरस्कार तथा सम्मान उपसमितिका संयोजक वडा १६ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक मुकुन्द रिजाल हुनुहुन्छ । स्वास्थ्य उपसमितिमा वडा ३० का अध्यक्ष दलबहादुर कार्की हुनुहुन्छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App