वि.सं.: २०८२, कात्तिक २८ शुक्रबार
इ.स.: 2025 November 14, FRIDAY
वि.सं.: २०८२, कात्तिक २८ शुक्रबार
विपद व्यवस्थापन क्षमता अभिवृद्धि तालिम सुरु
काठमाडौँ । काठमाडौँमा विपद जोखि व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युएस एड र आईओएमको सहकार्यमा सबै पालिकामा सञ्चालन गरिरहेको कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज र भोलि सञ्चालन हुनेछ ।
कार्यक्रम शुभारम्भ गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले, विपद रोक्न नसकिने तर पूर्व तयारी गरेर क्षति घटाउन सकिने भएकोले यसका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘सुरक्षित समुदायका लागि वडा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउनु पर्ने अहिलेको आवश्यकता हो । वडा समितिहरुलाई यो संयन्त्र सक्रिय बनाउनु आग्रह गर्दछु ।’ उपप्रमुखको भनाइ थियो ।
विपद सम्बन्धी धारणा परिवर्तन आवश्यक छ । भूकम्प र आगलागी मात्र विपद होइन । महामारी पनि विपद नै हो । यसप्रकारका जोखिमबाट समुदायलाई बचाउन संघीय नीति र कार्यक्रमलाई स्थानीयकरण कसरी गर्न सकिन्छतर्फ अवको ध्यान जानु पर्छ । उपप्रमुखको भनाइ थियो ।
कार्यक्रममा प्रवक्ता नविन मानन्धरले, हिजोको सिकाई भोलिको सुरक्षाका लागि काम लाग्ने भएकोले हिजो भोगेका देखेका र व्यहारेका कुरालाई क्षमता विकासमा समेट्नु पर्ने बताउनुभयो । यहाँ सिक्न बाँकी रहेका विषय महानगरले आफैँ पनि तालिममार्फत सूचना र जानकारी दिनेछ । क्षमता विकास गराउनेछ । प्रवक्ता मानन्धरको भनाइ थियो ।
नागरिक सुरक्षाका लागि विपद क्षति व्यवस्थापनको क्षमता विकास गर्नु पहिलो काम हो । यसका उपलब्धीलाई वडातहमा प्रवर्धन गर्नेछौँ । कार्यक्रममा विपद व्यवस्थापन समितिका संयोजक एवं वडा ३ का अध्यक्ष प्रेम थापाले, तालिमको प्रभावमा समुदायमा पुग्ने अपेक्षा राख्नुभयो ।
तालिममा विपद सम्बन्धी बुझाई, सरकारका नीति र प्राथमिकता, विपद सुशासन र यसको स्थानीय तहमा भएको अभ्यास, विपद व्यवस्थापन समितिको काम कर्तव्य, विपद कोष सञ्चालन, विपद लेखाजोखालगायतका विषय समेटिएका छन् ।
यस्तै आपतकालीन कार्य सञ्चालन केन्द्रको प्रावधान, पूर्व चेतावनी प्रणाली, जलबायु उत्थानशील योजना, समावेशी विपद जोखिम न्युनीकरणलाई विकास प्रक्रियामा मूल प्रवाहीकरण, अन्तरपालिका सम्बन्ध, पूर्व तयारी र प्रतिकार्य योजनाm मानवीय सिद्धान्तहरु र मापदण्ड, लैङ्गिक समानता र सामाजिक समावेशीकरणको सिकाई, खुल्ला क्षेत्रको पहिचान र संरक्षण, शिविर सञ्चालन र व्यवस्थापन तालिमका अन्य विषय हुन् । विपदको वित्तिय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र, स्थानीय तहमा जोखिम व्यवस्थापन कार्ययोजनालगायत विषयमा प्रस्तुति छलफल र समूहगत कार्य हुनेछ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App