वि.सं.: २०८२, पुस ६ आइतबार
इ.स.: 2025 December 21,SUNDAY
वि.सं.: २०८२, पुस ६ आइतबार
थापाथली आक्रमणमा नगर प्रहरी बलका प्रमुखसहित ३६ जना प्रहरी घाइते
काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा बस्तीका मानिसहरुको आक्रमणमा परी काठमाडौँ महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् । घाइतेका उपचारमा खटिनुभएका नगर प्रहरी निरीक्षक सूर्य के.सी. काअनुसार ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये धेरैको टाउकोमा चोट छ । के. सी. का अनुसार स्वास्थ्य गम्भीर भएको सूचना पाएका छैनौँ । टाउकोमा ७ टाँकासम्म लगाउनु परेको छ । यस्ता घाइते धेरै हुनुहुन्छ । टाउकोबाहेक छाती, ढाड र खुट्टामा चोट लागेका विरामी धेरै हुनुहुन्छ ।
‘नदी किनारामा निर्माण भएका घरटहरा, त्यहाँ राखिएका निर्माण सामग्री तथा सवारी साधन हटाउन अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले सार्वजनिक सूचना जारी गरेको थियो । सूचनाअनुसार मंसिर ४ गतेभित्र बस्तीका संरचना खाली गर्नु पर्ने थियो । त्यस अवधिमा किनाराका संरचना हटेको
थिएन ।’ आजको घटनाका बारेमा जानकारी दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘गृह प्रशासनसँग समन्वय गरेर सचेत गराउने क्रममा थियौँ । त्यही क्रममा बस्तीमा पुग्न नपाइकन स्थानीयबाट घरेलु हतियारसहित ढुङ्गा हानेर आक्रमण भयो । यसबाट नगर प्रहरीहरु घाइते भएका छन् ।’
स्थानीयले ढुङ्गा प्रहारसँगै टायर बालेर प्रदर्शन गरेका थिए ।
तस्विर : चन्द्रबहादुर आले
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App