वि.सं.: २०८२, मंसिर ७ आइतबार
इ.स.: 2025 November 23,SUNDAY
वि.सं.: २०८२, मंसिर ७ आइतबार
आकाशे पुल सुधारको काम तत्काल गर्न उपप्रमुख डंगोलको आग्रह
काठमाडौँ । महानगरभित्र भएका निजी साझेदारी कार्यक्रम अन्तर्गतका आकाशे पुलहरु तत्काल मर्मत गर्नुपर्ने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । सार्वजनिक निजी साझेदारी एकाईका अधिकारीहरुसँग कुरा गर्दै उहाँले आजका दिनमा आकाशे पुल असुरक्षित भएकोले सुधारका काम तत्काल गर्नुपर्ने खाँचो देखाउँदै यस्तो बताउनुभएको हो ।
‘आकाशे पुलका संरचना भत्किएका छन् । हिँड्दा अल्झिएर लड्ने अवस्था छ । बारहरु अग्ला भएकाले साँझ विहान पुलभित्र हिँड्न असुरक्षित हुन्छ । अपाङ्गता भएका व्यक्ति पुलबाट यात्रा गर्न सक्दैनन् । जोखिम मोलेर सडकबाटै अर्को किनारामा पुग्नुपर्छ ।’ उपप्रमुख डंगोलले भन्नुभयो, ‘पुलका बार घटाउनु पर्छ । यी बारहरु पारदर्शी हुनुपर्छ । मर्मत गरेर दुरुस्त बनाउनुपर्छ । एक पटक बनाएर अलपत्र बनाएर हुँदेन । नियमित मर्मत गर्नुपर्छ । यसका लागि निर्माण पक्षलाई तत्काल पत्राचार गर्नू ।’
त्यस क्रममा महानगरका निर्देशक नुरनिधि न्यौपानेले, सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालनमा रहेका काठमाडौँ टावर निर्माण, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनलगायत योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।
भेटका क्रममा सहरी विकास र व्यवस्थापनमा निजी साझेदारी कहाँ अट्टाउन सक्छ । यसमा कसरी दुवै पक्षमा हित—हित हुन्छ? लगायत विषयमा छलफल भएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App