वि.सं.: २०८२, पुस १४ सोमबार
इ.स.: 2025 December 29,MONDAY
वि.सं.: २०८२, पुस १४ सोमबार
दोस्रो एशिया प्यासिफिक केयर फोरममा भाग लिएर उपप्रमुख स्वदेश फिर्ता
काठमाडौँ । लैङ्गिकता र लक्षित वर्गसँग सम्बन्धित सेवाहरुलाई भौगोलिक सूचना प्रणालीमा आवद्ध गराउने कार्यक्रम थालनी गर्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । कार्तिक ६ गतेदेखि ८ गतेसम्म थाइल्याण्डको वैङ्ककमा यूएन वुमनले आयोजना गरेको दोस्रो एशिया प्यासिफिक केयर फोरममा भाग लिएर स्वदेश फर्किएपछि अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फोरमपछिको योजनाका विषयमा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँलाई प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले र उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौत्तमले स्वागन गर्नुभएको थियो ।
अहिले उपलब्ध भएका पूर्वाधार र सेवा सम्बन्धी आधारभूत तथ्याङ्क नक्साङ्कन भएपछि लैङ्गिमैत्री सहरी योजना तर्जुमा गर्न, थालिएका कार्यक्रमलाई सुधार गर्न, थप गर्न वा व्यवस्थापन गर्न सजिलो हुनेछ । उहाँको भनाइ छ ।
बुधबारको प्यानलमा कुराकानी गर्दै उहाँले ‘स्तनपान कक्ष, महिलाका लागि छुट्टै शौचालय, शिशु स्याहार कक्ष, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणलगायत विषयमा धारणा राख्दै महानगरपालिकाले यसका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिसकेको बताउनुभयो । ‘केयरिङ् सिटिज’ शीर्षकको प्यानलिष्टका रुपमा बोल्दै उहाँले पेशा र व्यवसायमा आवद्ध महिलाहरुको शिशुको केयर, खानपान, औषधि उपचार गर्नु पर्ने ज्येष्ठ नागरिक भएका घरमा त्यस्ता ज्येष्ठ नागरिकको केयर, एउटै भवनमा सेवाका विविधकरणका फाइदाका विषयमा धारणा राख्नुभएको थियो । उहाँले उदाहरण दिँदै भन्नुभयो, ‘सिनेमा घरसँगै शिशु स्याहार केन्द्र भयो भने आमाहरुलाई निर्धक्क सिनेमा हेर्न मिल्छ ।’
अहिलेसम्म चलेका कार्यक्रममा रुपान्तरणको खाँचो देखाउँदै उहाँले भन्नुभयो, ‘मातृशिशु कार्यक्रम लामो समयदेखि चलिरहेको छ । अहिले शिशु स्याहारमा पुरुषहरु पनि सहभागी हुनुहुन्छ । रातको समयमा शिशु स्नेहका लागि काम गर्नुहुन्छ । उहाँहरुलाई पनि त तालिम दिनुपर्छ नि । अब हामी यसतर्फ कार्यक्रम सोच्छौँ ।’
केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणलाई आगामी दिनमा सहरी योजनामा कसरी शसक्त बनाउने सकिन्छ?, नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित थिए । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान भएका थिए । महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) का विषयलाई फोरममा महत्वका साथ उठाइएको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App