वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
कर्मचारी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सुरु
काठमाडौँ । आजदेखि काठमाडौँ महानगरमा कर्मचारी स्तरीय हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ । २८ औँ महानगर दिवसका सप्ताहव्यापी कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो । दर्ता भएका १० टोलीमध्ये पहिलो ५ टोली विच आज प्रतिस्पर्धा भएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले पहिलो प्रश्न सोधेर प्रतिस्पर्धाको शुभारम्भ गर्नुभएको थियो ।
चारुमती समूहले पहिलो स्थान र काष्ठमण्डप समूहले दोस्रो स्थान प्राप्त गरेर छनौट चरण पार गरेका छन् । यी टोलीले अन्तिम प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । आउँदो आइतबार आयोजना हुने पहिलो चरणको दोस्रो राउन्डमा पहिलो र दोस्रो हुनेसँग यी समूहको अन्तिम प्रतिस्पर्धा हुनेछ । आजको प्रतियोगिताबाट आर्यतारा, सुन्धारा र स्वयम्भू टोली बाहिरिएका छन् ।
प्रतियोगिताको जनरल राउन्डमा हरेक टोलीलाई १० वटा प्रश्न सोधिएको थियो । यसमा प्रत्येक पहिलो सही उत्तरका लागि १० अङ्क र पास भएर आएको प्रश्नको सही उत्तरका लागि ५ अङ्क दिइएको थियो । च्वाइस रायन्डमा हरेक टोलीलाई ३ वटा प्रश्न सोधिएको थियो । यस राउन्डमा सही उत्तरका लागि १० अङ्क र गलत उत्तरका लागि नेगेटिभ मार्किङ् गरिएको थियो ।
मानव संशाधन विकास महाशाखा प्रमुख गंगाधर गौत्तमको नेतृत्वमा राजस्व विभागका उपनिर्देशक प्रवीण प्याकुरेल र खरिद एकाईका इञ्जिनियर सहायक निर्देशक कुन्दन श्रेष्ठले हाजिरी प्रतियोगिता सञ्चालन गर्नुभएको थियो ।
आइतबार प्रथम चरणको दोस्रो प्रतियोगिता हुनेछ । यो चरण उपप्रमुखले सुरु गर्ने कार्यक्रम रहेको छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App