वि.सं.: २०८३, असोज ४ आइतबार
इ.स.: 2026 September 20,SUNDAY
वि.सं.: २०८३, असोज ४ आइतबार
विष्णुमती नदीको सफाइ गर्न स्काभेटर र लोडर
काठमाडौँ । महानगर दिवसका सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी खण्डको सरसफाई भएको छ । कालीमाटी पुलमा भेला भएर तल्लो भेग र माथिल्लो भेग तथा दायाँ र बायाँ खण्डको सफाइ गरिएको थियो । सफाइका लागि नदी भित्र स्काभेटर र बाहिर लोडरको प्रयोग गरिएको छ ।
कार्यक्रम थालनी गर्दै वातावरण समितिका संयोजक एवं वडा १२ का अध्यक्ष बालकृष्ण महर्जनले नदीलाई स्वच्छ बनाउन थालिएको यो अभियान सांकेतिक हो । यसबाट नदीमा फोहोर गर्न हुन्न भन्ने सन्देश दिन खोजेका छौँ । यससँगै नदी सफाइलाई नियमित गर्नेछौँ ।
नागरिक सचेतना र व्यवस्थित विकास मिलाएर नदीको पवित्रता कायम गर्न सकिन्छ । यसमा सबैको सहभागिता हुनुपर्छ । कार्यक्रममा वडा १४ का अध्यक्ष सुमन श्रेष्ठको प्रतिक्रिया थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यसपछि सामुदायिक विद्यालय, सम्पदा क्षेत्र लगायतका स्थानको सफाइ गर्ने कार्यक्रम छ ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App