वि.सं.: २०८२, कात्तिक १६ आइतबार
इ.स.: 2025 November 2,SUNDAY
वि.सं.: २०८२, कात्तिक १६ आइतबार
नगर सभाका लागि विभागहरुले तयारी थाल्नू — प्रमुख प्रशासकीय अधिकृत अधिकारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागका प्रमुखहरुलाई पुसमा हुने नगर सभाको बैठकको तयारी थाल्नु आग्रह गर्नुभएको छ । आज बालाजु उद्यानस्थित भवनमा रहेको सभा कक्षमा बसेको सिनियर म्यानेजमेन्ट टीम (विभागीय प्रमुख) को बैठकमा उहाँले भन्नुभयो, ‘पुसको १५ गतेसम्म पनि थालनी नभएका कार्यक्रम संशोधन गरेर कार्यान्वयन हुने क्षेत्रमा लैजानुपर्छ । प्रमुखबाट यस प्रकारको निर्देशन भएको छ । विभागका कार्यक्रम कार्यान्वयनको अवस्था हेरेर तयारी गर्नुहोला ।’
यातायात व्यवस्थापनका लागि बजार, सेवा क्षेत्र, शैक्षिक क्षेत्रलगायतको समय तोक्ने, कार्यालय सञ्चालन तथा सेवा प्रवाहलाई छिटो बनाउनेलगायत विषयमा छलफल भएको थियो ।
यस्तै वेरुजु समपरीक्षण, भोटाहिटीको सव वे व्यवस्थापन, कार्यालय सहयोगी, सरसफाइ कर्मचारी र अग्नि नियन्त्रक करार सेवामा लिने, दरबार मार्गमा पार्किङ् व्यवस्थापन लगायत विषयमा छलफल भएको थियो ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App