वि.सं.: २०८३, असर ४ बिहीबार
इ.स.: 2026 June 18,THRUSDAY
वि.सं.: २०८३, असर ४ बिहीबार
वडा नं. १६ ले आयोजना गरेको प्रतियोगितामा १३ वटा वडाका बिच प्रतिस्पर्धा भएको थियो
काठमाडौँ । मुकुन्द रिजाल स्मृति वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नंं १६ को टीम विजेता बनेको छ । लैनचौर खेल मैदानमा आज वडा नं. ५ को टीमसँग भएको फाइनल खेलमा पेनाल्टी सुट आउटमा ३-२ गोल अन्तरले आयोजक टीम विजेता र वडा नं. ५ को टीम उपविजेता बनेको हो ।
प्रतियोगिताको समापन अवसरमा वडाध्यक्ष रोजिना श्रेष्ठले, विजेता टीमलाई २ लाख रुपियाँ, उपविजेता टीमलाई १ लाख रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो । समापन अवसरमा वडा नं. ५ का नितेश महर्जनलाई उत्कृष्ट किपरका रुपमा ट्रफी प्रदान गरियो ।
वडा नं. १६ का रविन्द्र निरौला उत्कृष्ट खेलाडी र वडा नं. ३ का ४ गोल गर्ने खेलाडी प्रज्वल भट्टलाई हाइ स्कोरर खेलाडीका रुपमा जनही १० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरियो । जेठ १० गते सुरु भएको प्रतिस्पर्धामा वडा नं. २, ३, ५, ९, १०, ११, १३, १४, १६, १९, २३, २५ र २६ गरी १३ वटा टीम सहभागी थिए ।
कार्यक्रम समापन अवसरमा बोल्दै वडाध्यक्ष श्रेष्ठले, यस वर्षका जेनजी आन्दोलन, त्यसपछिको निर्वाचनजस्ता घटनाका कारण समयमा प्रतियोगिता सञ्चालन गर्न नसकिएको बताउँदै आगामी वर्ष हिउँद महिनामा प्रतियोगितालाई निरन्तरता दिइने बताउनुभयो ।






निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App