वि.सं.: २०८३, भदौ २९ सोमबार
इ.स.: 2026 September 14,MONDAY
वि.सं.: २०८३, भदौ २९ सोमबार
रसुवा भोटेकोशी बाढीजन्य विपदमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न कार्यपालिका बैठक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ सहयोग गर्ने भएको छ । भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७ औँ कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
सहयोग रकममध्ये महानगर विपद व्यवस्थापन कोषबाट ३ करोड रुपियाँ प्रदान हुनेछ । बाँकी रकम, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम, शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकम जम्मा गरिनेछ ।
वैठकमा अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, उद्धार कार्य एउटा जोखिम ठाउँबाट सुरक्षित ठाउँमा पुर्याउनु मात्र नभइ दैनिक सहज जीवन प्रदानबाट पुनःस्थापना गर्नु पर्ने बताउँदै यस्ता कार्यमा महानगरपालिकाबाट नियमित सहयोग प्रदान हुने बताउनुभयो । ‘बाढीमा जनधन पुगेको क्षति सँगै काठमाडौँ काठमाडौँ बसेर अध्ययन गरिरहेका त्यस क्षेत्रका विद्यार्थी, अस्पतालमा कुरुवा वा सहयोगी नभएका विरामीहरुको हेरचाहसम्मका काम गर्नुपर्नेछ । यसकारण हामी जहाँ छौँ । जसरी सहयोग गर्न सक्छौँ । त्यसलाई प्रभावकारी बनाउन आवश्यक छ ।’
वैठकमा प्रवक्ता नविन मानन्धरले भदौ १० गते बाढी आएका दिन देखि अहिलेसम्म खोज तथा उद्धार र मानवीय सहायताका लागि महानगरपालिकाले गरेका कामका विषयमा जानकारी गराउनुभयो । यस्तै विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, भदौ १० गते बसेको महानगर विपद व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयनमा विषयमा जानकारी गराउनुभयो ।
बैठकमा विपद व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा भएका कामका विषयमा र महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले, जोखिम व्यवस्थापनमा प्रहरी बलले गरेका कामका विषयमा जानकारी गराउनुभएको थियो ।
वैठकमा कार्यपालिका सदस्यहरु बिमलकुमार होडा, चिनीकाजी महर्जन, मचाराजा महर्जन, मीना सुनार र हीरालाल तण्डुकारले प्रस्तावका विषयमा धारणा राख्नुभएको थियो । यस क्रममा तण्डुकारले, यसपछि आफ्नो कार्यकालमा आफूलाई प्राप्त हुने सबै सेवा सुविधा महानगर विपद व्यवस्थापन कोषमा जम्मा गर्ने घोषणा गर्नुभयो ।
वैठकले महानगरवासी, व्यापारी, व्यवसायी, उद्योगी, पेशाकर्मीहरुलाई आफ्नो सामथ्र्य अनुसार विपद व्यवस्थापनमा सहयोगका लागि आव्हान गर्ने निर्णय गरेको छ । यसको व्यवस्थापन र सहजीकरणका लागि राष्ट्रिय सभागृहमा तत्काल सहायत कक्ष सञ्चालनमा ल्याइनेछ ।
यस्तै बाढी परेका महानगरवासीहरुको लगत संकलन, तत्काल उद्धार तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय सभागृहमा सूचना केन्द्र सञ्चालन गरी सबै वडा कार्यालयबाट सूचना तथा विवरण संकलन गर्न सूचना तथा प्रविधि विभागलाई निर्देशन दिएको छ ।



निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App