वि.सं.: २०८३, भदौ १४ आइतबार
इ.स.: 2026 August 30,SUNDAY
वि.सं.: २०८३, भदौ १४ आइतबार
काठमाडौँ महानगरपालिकाले विदुर नगरपालिकासम्म निःशुल्क यातायात सञ्चालन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका ८० जनालाई उद्धार गरेर स्थल मार्गबाट काठमाडौँ ल्याएको छ । सेवा सुरु गरिएको पहिलो दिन शुक्रवार १९ जना र दोस्रो दिन २९ जनालाई र आज पहिलो सिफ्टमा ३२ जनालाई ल्याइएको हो ।
यात्रुहरुलाई स्थल मार्गबाट उद्धार गर्न भदौ १२ गते एउटा सवारी साधन प्रयोग गरिएको थियो । शनिवार अर्को थप गरेर २ वटाबाट निःशुल्क यातायात सुरु गरेको हो । यसरी सञ्चालनमा ल्याइएका सवारी साधनमध्ये ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको हायास छ । ०३० च ७३६४ नम्बरको इभीमा १० जना यात्रु अट्टाउँछन् ।
यात्रुहरुको अत्याधिक मागका कारण आजबाट बा. प्र. ०१ ००६ ख ९१५२ नम्बरको १९ सिटे एउटा हायास थपिएको छ । यसरी थपिएको गाडी नुवाकोट पुगेको छ । दुईवटा काठमाडौँबाट दोस्रो सिफ्टका लागि नुवाकोट जाँदैछन् ।
निःशुल्क सञ्चालन गरिएका सवारी साधन चिन्नका लागि सवारी साधनको अगाडि र पछाडि व्यानर राखिएको छ । यस्तै दुवै सवारी साधनमा नगर प्रहरी राखिएको छ । यसरी सञ्चालन गरिएको सेवा आवश्यकताका आधारमा गाडीको संख्या बढाउने महानगरपालिकाको योजना छ ।
यो सेवा नुवाकोटको विदुर नगरपालिकादेखि काठमाडौँ महानगरपालिकासम्मका लागि हो । कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा कार्य थलो भएर विपद पछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जानुपर्ने व्यक्ति लक्षित वर्ग मानेर यो सेवा थालिएको हो ।
यी सवारी साधनले दिनमा २ पटक यात्रु ओसार्नेछन् ।
निशुल्क उपचार सहजिकरण सेवा
फोहरमैला व्यवस्थापन प्रणाली
पार्किङ्ग व्यवस्थापन प्रणाली
Intern आवेदन प्रणाली
KMC Mobile App
इजलास व्यवस्थापन प्रणाली
विद्युतीय नक्शा पास प्रणाली
बिपद् सूचना ब्यवस्थापन प्रणाली
सहकारी व्यवस्थापन प्रणाली
बोलपत्र आवहन प्रणाली
घटना दर्ता नागरिक सेवा
राजश्व भुक्तानी प्रणाली
KMC Smart Toilet
Metro Mart
KMC Parking App